images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सञ्जय सापकोटा नियुक्त भएका छन् । शनिबार (बैशाख २ गते) को प्रस्तुतीकरण र अन्तर्वार्तापछि उनलाई आइतबार बसेको सञ्चालक समितिको १०२औं बैंठकले सिइओ बनाउने निर्णय गरेको हो ।

कम्पनीको नियमावली २०७४ को नियम ३६ बमोजिम सापकाेटालाई सिइओको पदमा ४ वर्षका लागि नियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीले फागुन १४ गते निकालेको विज्ञापनमा ५ जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ४ जना सर्टलिष्ट (प्रारम्भिक छनोट) मा परेका थिए । प्रारम्भिक छनोटमा सापकोटा सँगै सूर्यप्रकाश पाण्डेय, नरेन्द्रसिंह भण्डारी र बखतबहादुर शाही थिए ।

सर्टलिष्टमा परेका तीनजनालाई पछि पार्दै सापकोटा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको कम्पनीले जनाएको छ । सापकोटा विगत लामो समयदेखि कम्पनीमा कार्यरत छन् ।

सापकोटा अहिले सोही कम्पनीले अघि बढाएको १०६ मेगावाटको जलदुल्ला जलविद्युत आयोजना प्रमुखका रुपमा कार्यरत छन् । उनले यसअघि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit