विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेश सरकारले जलविद्युत आयोजनामा लगानी गर्न ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । माननीय अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै प्रदेश अन्तर्गतका आयोजनामा लगानी गर्न सो रकम विनियोजन गरेका हुन् ।

प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा पहिचान भएको आयोजना निर्माण गर्न ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, नेपाल सरकार र प्रदेश सरकारको लगानी साझेदारीमा जलाशययुक्त बुढीगण्डकी र उत्तरगंगा जलविद्युत आयोजनाको यथासक्य छिटो निर्माण सुरु गर्न आवश्यक पहल गरिनेछ ।

आगामी आवभित्रमा ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रम सम्पन्न गरिनेछ । लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय लाइनमा आवद्ध गरी केन्द्रिय लाइनमा आवद्ध हुन नसकेको स्थानमा सौर्य र वैकल्पिक ऊर्जामार्फत विद्युतीकरण गर्नका लागि आवश्यक बजेट छुट्याइएको छ ।

देशमा बढ्दै गएको विद्युत उत्पादन खपतलाई बढाउन विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न प्रदेशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरिने बजेटमा उल्लेख छ ।

यस्तै, विद्यतमान लिफ्टिङ्ग खानेपानी आयोजनामा लाग्ने महसुल शत प्रतिशत सहुलियत उपलब्ध गराउने व्यवस्था गरेकोले यसका लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, सरकारले सञ्चालित सिँचाइ आयोजनाको निरन्तरता एंव नयाँ निर्माण हुने सिँचाइ आयोजनाका लागि १ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit