विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोककाे मेलम्ची नदीमा आएको भिषण बाढीले विद्युतीय संरचनामा क्षति पुर्याउँदा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका ३ दिनदेखि अन्धकारमय भएका छन् । बेलम्ची नदीमा आएको बाढीले प्रसारण तथा वितरण लाइनको संरचनामा क्षति पुगेकाले असार १ गते रातिदेखि यी गाउँपालिकाका सबै वडामा विद्युत सेवा अवरुद्ध भएको हो ।

यी २ गाउँपालिकासम्म पुग्ने सडक सञ्जाल तथा पुल बाढीले भत्काएकाले तत्काल बिग्रीएका संरचनाको मर्मत गरी आपूर्ति सुचारु गर्न सकिने अवस्था छैन । बाढीले सिपाघाट क्षेत्रमा ५ सय मिटर वितरण लाइनमा क्षति पुर्याएको छ । 

सडक पहुँच नहुँदा नेपाल विद्युत प्राधिकरणका कर्मचारी मेलम्चीभन्दा माथि पुगेर विद्युत आपूर्ति सुचारु गर्न सकेका छैनन् । हेलम्बु र पाँचपोखरी थाङपाल क्षेत्रमा २ वटा फिडरबाट विद्युतीकरण गरिएको छ ।

हेलम्बु र पाँचपोखरी थाङपालसम्म पुग्न नसकिएकाले वितरण लाइनका कति पोल भत्किएका छन् भन्ने यकिन हुन नसकेको प्राधिकरण मेलम्ची वितरण केन्द्र प्रमुख माधव न्यौपानेले बताए । ‘बाढीको प्रकृति हेर्दा ११ केभी वितरण लाइनका धेरै पोल बगाएको हुनसक्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, त्यहाँसम्म पुग्न सक्ने अवस्था नरहेकाले क्षतिको विवरण लिन सकेका छैनौं ।’

मौसममा सुधार भई नदीको बहाब घटेमा शुक्रबारबाट मेलम्चीभन्दा माथि बाढीले विद्युतीय संरचनामा पुर्याएको क्षतिको विवरण संकलन गरी आपूर्ति व्यवस्थापन गर्न प्रयास थालिने उनले बताए । उनले बजार क्षेत्रसहित मेलम्ची नगरपालिकाका केही वडामा बुधबार साँझबाट आपूर्ति सुचारु गरिएको बताए ।

इन्द्रावती सबस्टेसनसम्म पुगेको ६६ केभी प्रसारण लाइनका ३ वटा टावर बाढीले बगाएपछि अवरुद्ध विद्युत सेवा वैकल्पिक व्यवस्था गरी सुचारु गरिएको उनले जानकारी दिए । काठमाडौंको साँखुबाट भोटेचौर हुँदै मेलम्ची बजारसम्म वैकल्पिक लाइनबाट विद्युत आपूर्ति सुचारु गरिएको हो । बिहीबार साँझसम्ममा भञ्ज्याङ, देउपुर, सिपाघाट हुँदै इन्द्रावतीसम्मको आपूर्ति सुचारु गराउन बिहानैबाट प्राधिकरणको टोली खटिएको वितरण केन्द्रले जनाएको छ ।

इन्द्रवाती गाउँपालिकाका २ वटा वडामा पनि बुधबार साँझबाट आपूर्ति सुचारु गरिएको र बाँकी वडामा भरे साँझसम्ममा आपूर्ति सुचारु गराउन वितरण केन्द्रले काम गरिरहेको छ । बाढीले साढे ७ मेगावाटको इन्द्रवती तेस्रो जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने प्रसारण लाइनको ३ वटा टावरमा क्षति पुर्याएको छ ।

बाढीले ढालेका प्रसारण लाइनका टावर नदीमा बिलिन हुन पुगेका छन्  भने टावर राखिएको ठाउँ बगरमा परिणत भएको छ । थप २ वटा टावर बाढीको उच्च जोखिममा छन् । प्रसारण लाइनको संरचनामा क्षति पुगेपछि १ गतेदेखि नै इन्द्रावती तेस्रोको उत्पादन बन्द छ ।

प्रसारण लाइनको संरचनाको पुनर्निमाण गरी सञ्चालन गर्न समय लाग्ने हुँदा इन्द्रवती तेस्रोको उत्पादन तत्कालै सुचारु हुने अवस्था देखिँदैन । पाँचपोखरीमा सञ्चालमा रहेको ९९० किलोवाटको हाँडीखोला जलविद्युत केन्द्रको उत्पादन पनि अहिले बन्द छ । बाढीले विद्युत जोडिने संरचनामा क्षति पुर्याएकाले ३ दिनअघिबाटै उत्पादन बन्द हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit