काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बालाजु वितरण केन्द्र अन्तर्गत विभिन्न फिडर लाइनबाट वितरण भइरहेको विद्युत्को आपूर्ति शुक्रबार (आज) साँझ ५ बजेसम्म बन्द रहने भएको छ ।
उक्त वितरण केन्द्र अन्तर्गतका फिडर लाइनहरूको भूमिगत केबल हेड, लिङ्क स्विच बदली, डि यो सेट बदली, जीर्ण तारहरू परिवर्तन तथा उच्च भोल्टेज/न्यून भोल्टेज लाइनको मर्मत सुधार गर्न विद्युत् आपूर्ति बन्द गरिएको केन्द्रले जनाएको छ ।
आपूर्ति बन्द रहने फिडरहरूमा ढुङ्गेधारा, नागार्जुन, विष्णुमती, जरङ्खु, गोलढुङ्गा र मनमैजु रहेका छन् । शुक्रबार बिहान १०ः३० बजेबाट आपूर्ति बन्द रहेका सो फिडरहरूको मर्मत कार्य तोकिएको समयअगावै सकिएको अवस्थामा आपूर्ति सूचारु गरिने पनि केन्द्रले जानकारी गराएको छ ।
