विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कान्स्ट्रक्सन लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधरणका लागि असार २९ गतेदेखि खुल्ला गरेको सेयर आवेदन आवधि साँझ ५ बजे बाट सकिन लागेको हो । 

सय रुपैयाँ अंकित २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २ सय ४० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणका लागि २१ लाख ७९ हजार ९ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो ।

 निष्कासन हुने सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको, ३ प्रतिशत हुन आउने अर्थात ७० हजार १ सय ८८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । 

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ता सम्म आवेदन दिन पाउँनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल र मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले यो भन्दा अगाडी स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । ५ मेगावाटको रुकुमगड आयोजना निर्माणाधीन छ । आयोजनाको काम सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । 

आयोजनामा प्राइमको अगुवाईमा सेन्चुरी र कुमारी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी लगानी स्वपुँजी छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit