विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं तेह्रथुम पावर कम्पनीले साउन ५ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीको तेह्रथुममा सञ्चालित साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा साउन १९ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

पहिलो चरणमा स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड पूरा भएपछि सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरीनेछ । २० प्रतिशत हुन आउने ८ करोड रुपैयाँ मूल्यको ८ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले स्वपुँजी लगानीको ३० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । जसमा १० प्रतिशत सेयर स्थानीयका लागि निष्कासन गरीनेछ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइविएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीयले सेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले र धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका आवेदन दिन सकिने कम्पनीले जनाएका छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत ११ गते सेयर निष्कासन अनुमति पाएको थियो । कम्पनीले पहिलो पटक २०७६ असोज १३ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमतिका लागि बोर्डमा आवेदन दिएको थियो । लामो समयसम्म थप प्रक्रिया अघि नबढेपछि बोर्डले कम्पनीलाई सूचीबाट हटाइदिएको थियो । कम्पनीले केही महिनाअघि दोस्रो पटक आवेदन दिएको थियो । कम्पनीले निर्माण गरेको आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit