विद्युत अपडेट

  • प्राधिकरण : ९५१० मे.वा.घन्टा
  • सहायक कम्पनी : १५७५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५०९३ मे.वा.घन्टा
  • आयात : १६ मे.वा.घन्टा
  • निर्यात : १९००४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०३७३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०३९ मे.वा.
२०८३ साउन २, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विद्युत् विकास विभागको ३३औँ वार्षिकाेत्सव

काठमाडौँ । विद्युत् विकास विभागले आफ्नो ३३औँ वार्षिकोत्सवका अवसरमा गत आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेका जलविद्युत् तथा सौर्य विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई सम्मान गरेको छ । विभागको कार्यालय सानाेगाैचरणमा शुक्रबार आयोजित विशेष समारोहबीच विभागले व्यावसायिक उत्पादन थालेका २० जलविद्युत् र २ सौर्य विद्युत् आयोजनाका प्रवर्द्धकलाई सम्मान गरेको हो ।

विभागका अनुसार उक्त आर्थिक वर्षमा उत्पादन सुरु गर्ने आयोजनाहरूको कुल जडित क्षमता ५१०.६ मेगावाट रहेको छ । यसमध्ये जलविद्युत्‌तर्फ ४७९.६ मेगावाट र सौर्य ऊर्जातर्फ १३ मेगावाट क्षमता थपिएको छ ।

सबैभन्दा ठूलो क्षमताको आयोजनाका रूपमा मध्य भोटेकोशी जलविद्युत् आयोजना (१०२ मेगावाट) रहेको छ । त्यसपछि तल्लो सोलु जलविद्युत् आयोजना (८२ मेगावाट), मेवा खोला जलविद्युत् आयोजना (५० मेगावाट), माथिल्लो राहुघाट जलविद्युत् आयोजना (४८.५ मेगावाट) र माथिल्लो पिलुवा–३ जलविद्युत् आयोजना (४८.५५ मेगावाट) रहेका छन् ।

यसैगरी, राहुघाट मंगले (३७ मेगावाट), काबेली–३ (२३.१३ मेगावाट), माथिल्लो तुले खोला ए (२२.५ मेगावाट), ठूलो खोला (२१.३ मेगावाट), साङ्गु खोला (२० मेगावाट), लोवर इर्खुवा खोला (१४.१५ मेगावाट), सिद्ध खोला (१० मेगावाट), दसम खोला (९.६ मेगावाट), माथिल्लो गडीगाड (९.५५ मेगावाट), हिदी खोला (६.८२ मेगावाट), बुक खोला (६ मेगावाट), साङ्गु खोला–१ (५.५ मेगावाट), बुकु–कापटी (५ मेगावाट), खोरुङ्गा खोला (४.८ मेगावाट) र माण्डु खोला (४ मेगावाट) आयोजना सम्मानित भएका छन् ।

जलविद्युत् आयोजनामध्ये सबैभन्दा धेरै आयोजना म्याग्दी जिल्लामा रहेका छन् । राहुघाट मंगले, ठूलो खोला, माथिल्लो राहुघाट तथा माथिल्लो ठूलाे खोला ए गरी ४ आयोजना म्याग्दीमा सञ्चालनमा आएका छन् । त्यसपछि दोलखा, ताप्लेजुङ र सोलुखुम्बुमा एकभन्दा बढी आयोजना व्यावसायिक उत्पादनमा प्रवेश गरेका छन् ।

सौर्य ऊर्जातर्फ मोरङको ग्रिड आबद्ध सौर्य विद्युत् आयोजना (८ मेगावाट) र धनुषाको सोलार पिभी प्रोजेक्ट ढल्केबर (५ मेगावाट) गरी कुल १३ मेगावाट क्षमता थपिएको विभागले जनाएको छ ।

सम्मानित जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूमा हिम पर्वत हाइड्रोपावर लिमिटेड, तुँदी पावर कम्पनी लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, काबेली हाइड्रोपावर कम्पनी लिमिटेड, संयुक्त ऊर्जा लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी लिमिटेड, माविलुङ इनर्जी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड रहेका छन् ।

त्यस्तै, शैलश्री पावर नेपाल लिमिटेड, दरम खोला हाइड्रो इनर्जी लिमिटेड, रिलायबल हाइड्रोपावर कम्पनी प्रालि, माण्डु खोला हाइड्रोपावर लिमिटेड, एपोलो हाइड्रोपावर लिमिटेड, लोवर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेड, सिद्ध खोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड तथा ब्राइट लोटस पावर लिमिटेड रहेका छन् ।

विद्युत् विकास विभागले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्‍याउने आयोजना तथा तिनका प्रवर्द्धक कम्पनीलाई सम्मान गर्दै आएको छ । विभागका अनुसार यस्ता सम्मानले निजी तथा सार्वजनिक क्षेत्रलाई ऊर्जा पूर्वाधार विकासमा थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।

वार्षिकोत्सव समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयकी सतिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिव सुरजकुमार वैद्य, विद्युत् विकास विभागका महानिर्देशक मनदेवी श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष मोहनकुमार डाँगीलगायत ऊर्जा क्षेत्रका विभिन्न निकायसहित विभागका कर्मचाहरूको उल्लेख्य उपस्थिति थियो ।

सम्मानित आयोना तथा प्रवर्द्धककाे सूची

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३