विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूर्य होल्डिङ्ग प्रालिले ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ जलविद्युत आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले प्रदेश नम्बर १ ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको मेवा खोलामा पहिचान भएका आयोजना निर्माण गर्न आवेदन दिएको हो ।

कम्पनीले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएपछि यसबाट पर्ने असरका विषयमा सरोकारवालासँग राय सुझाव मागिएको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधि सुझाव दिन पनि माग गरेको छ । नदीको बहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजना डिजाइन १३.५ घनमिटर प्रति सेकेन्ड र कुल हेड २९२ मिटर हुनेछ । 

आयोजनाबाट वार्षिक सरदर १९१.२६ गिगावट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाकोे मुख्य संरचनाहरु मेवाखोलाका बायाँ किनारामा पर्दछ । खोलामा बाँध बाधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेक पाइपबाट पानी फर्काइ सो पानीलाई आयोजनाका मुख्य संरचनाहरु हुँदै विद्युत गृहमा लगिनेछ । 

उत्पादित ऊर्जालाई विद्युत गृहनजिकै स्वीचयार्ड निर्माण गरी ३० किलोमिटर लम्बाई भएको १३२ केभीको प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको प्रस्तावित ढुङ्गेसाँघु (हाङपाङ) सब–स्टेसन वा करिब ३ किलोमिटर लम्बाईमा रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित पापुङ्ग सब–स्टेसनमा जोडिनेछ । 

यो आयोजनाले २०८३ मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्न भू–क्षय, बाढी, वायु प्रदूषणद्वारा वातावरणमा उल्लेखनीय असर नपार्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit