विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपरमाई हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको साउन ३१ गते (मंगलबार) सम्पन्न भएको साधारणसभाले लाभांस पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ नगद लाभांस दिने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब सेयरधनी सदस्यलाई लाभांस वितरण गरिनेछ ।

परियोजनाले यसअघि पनि क्रमश आव २०७६/७७ र २०७७/७८ मा ४ करोड ५८ लाख र ४ करोड ६३ लाख मुनाफा आर्जन गरी ७.१५ प्रतिशत र ११.५ प्रतिशत लाभांस वितरण गरेको थियो ।

कम्पनीले इलामको माइ खोलामा निर्माण सम्पन्न ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । उत्पादीत विद्युत १३२ केभी प्रसारण लाइनबाट गोदक सबस्टेसनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit