विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयले दुई महिनामा करिब साढे ४ करोड रुपैयाँ विद्युत महसुल बक्यौता असुल गरेको छ । प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केन्द्रहरूले लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुल गरेका हुन्।

समयमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बाँकी बक्यौता असुली गरेको बुटवल प्रादेशिक कार्यालयले जनाएको छ । प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएदेखि भदौ २५ गतेसम्मको अवधिमा १ हजार ३ सय ८ ग्राहकको लाइन काटिएको छ ।

लाइन काटिएका ग्राहकमध्ये  १ हजार १ सय ५८ जनाले जरिवाना सहितको ४ करोड ५३ लाख ९० हजार ५ सय २ रुपैयाँ महसुल बुझाएपछि लाइन पुनःजोडिएको छ । बाँकी १ सय ५० जनाले जरिवानासहितको ३ करोड ८५ लाख ६४ हजार रुपैयाँ बुझाएपछि लाइन जोडिनेछ ।

लाइन काटिनेमध्ये सबैभन्दा बढी अमुवा वितरण केन्द्रका ग्राहक छन् । यस वितरण केन्द्रका ३ सय ४४ ग्राहकको लाइन काटिएको छ । लाइन काटिएका मध्ये २ सय ४८ ग्राहकले जरिवानासहितको ३८ लाख १२ हजार २ सय ६८ रुपैयाँ महसुल बुझाएपछि उनीहरुको लाइन पुन जोडिएको छ । बाँकी ९६ जनाले ४० लाख ३२ हजार ४ सय रुपैयाँ बुझाएपछि लाइन जोडिनेछ ।

अमुवापछि सबैभन्दा बढी परासी वितरण केन्द्रले ग्राहकको लाइन काटी बक्यौता असुली गरेको छ । केन्द्रले २ सय ग्राहकको लाइन काटि १ करोड २० लाख २७ हजार रुपैयाँ असुली गरेको केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए ।

यस्तै, बर्दघाट वितरण केन्द्रले १ सय ८१ ग्राहकको लाइन काटि १६ लाख ११ हजार ९ सय ४६ रुपैयाँ बक्यौता असुली गरेको छ । नयाँमिलले ९३ ग्राहकको लाइन काटी ९५ लाख १७ हजा २ सय, अर्घाखाचीले २० ग्राहकको लाइन काटी १ लाख २८ हजार ७ सय, तौलिहवाले १ सय २७ ग्राहकको लाइन काटी ४० लाख २० हजार ७ सय , भैरहवाले ५५ ग्राहकको लाइन काटी ६१ लाख २७ हजार ६ सय र पाल्पाले १४ ग्राहकको लाइन काटि ७ लाख ५९ हजार ७ सय रुपैयाँ बक्यौता असुली गरेको छ ।

कृष्णनगर वितरण केन्द्रले १ सय १० ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकमध्ये ७५ जनाले जरिवानासहितको ३३ लाख ९७ हजार ९ सय ७८ रुपैयाँ विद्युत महसुल बक्यौता बुझाएपछि उनीहरुको लाइन पुन जोडिएको छ । बाँकी ३५ जनाले पनि जरीवानासहितको ७५ लाख ३२ हजार ८ सय रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुन जोडिनेछ ।

बुटवल वितरण केन्द्रले पनि १ सय ३९ ग्राहकको लाइन काटी २३ लाख ९ हजार ४ सय रुपैयाँ असुली गरेको छ । लाइन काटिएका मध्ये १ सय २७ जनाले जरिजानासहितको बक्यौता बुझएपछि लाइन पुन जोडिएको छ । केन्द्र अन्तर्गत अझै लाइन काटिएकाबाट करिब ९३ लाख ९३ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

गुल्मी वितरण केन्द्रले पनि २५ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकमध्ये १८ जनाले जरिवानासहितको १६ लाख ७७ हजार ७ सय ४५ रुपैयाँ बक्यौता बुझाएपछि उनीहरुको लाइन जोडिएको छ । बाकी ७ जनाले ३ लाख ११ हजार ६ सय रुपैयाँ बुझाएपछि लाइन पुन जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit