images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दिव्यश्वरी हाइड्रो पावर लिमिटेडले १ बराबर २ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पाँच खपन हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत लगानी गर्न र बैकहरूबाट लिएको दीर्घकालिन कर्जाको भुक्तानी गर्न सेयर निष्कासन प्रस्ताव गरेको हो ।

२०० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव गरेको कम्पनीले जनाएको छ । यसअघि १ बराबर १ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको थियो । तर, असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले असार १० को प्रस्ताव रद्द गरि अब १ बराबर २ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने पुँजीमध्ये पाँच खपन हाइड्रो पावर प्राली. मा ५१ प्रतिशत लगानी गर्ने तथा बाँकि सबै रकम बैकहरूबाट लिएको दीर्घकालिन कर्जाको भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिएको छ । आयोगले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ । र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्कासन गर्ने छ ।

कम्पनीकाे ४ मेगावाटकाे सभा खाेलाले नियमित विद्युत उत्पादन गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit