विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सांग्रिला ऊर्जा प्रालिले निर्माण गर्न लागेको ६३ मेगावाटको छुजुङ्ग खोला जलविद्युत आयोजनाकाे काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । कम्पनीले आयोजनाको सिभिल संरचना, उपकरण जडान तथा परीक्षणको २०८४ मंसिरभित्र सम्पन्न गर्ने गरी निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको हो ।

प्रदेश नम्बर १ अन्तर्गत संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका भएर बग्ने छुजुङ्ग खाेला र छुमछाम खोल्सी समेतको पानी उपयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अनुमतिपत्र जारी गर्न विभागले यसबाट पर्ने असरका विषयमा सरोकारवालासँग राय/सुझाव मागिएको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन माग गरेको छ । 

नदीको बहावमा आधारित (पिकिङ रन अफ रिभर) प्रकारको आयोजनाको वहाव डिजाइन ८.४१ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ९३८ मिटर हुनेछ । यो आयोजनfबाट वार्षिक सरदर ३७१.८४८ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । 

आयोजनाको मुख्य संरचनाहरू खोलाको दायाँ किनारमा पर्दछ । छुजुङ्ग खोलामा बाँध बाधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेक पाइपबाट पानी फकाई सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै विद्युत गृहमा लगिनेछ र तत् पश्चात् टेलरेस टनेल मार्फत पानीलाई सोही खोलामा पठाइनेछ ।

उत्पादित ऊर्जालाई ११/१२० केभीको ५५ किलोमिटर लामो लम्बाईमा रहेको नेपाल विद्युत प्राधिकरणको प्रस्तावित शीतलपाटी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

यो आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit