विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्ना दुई पाङ्ग्रे सवारी (मोटर साइकल र स्कुटर) अब नेपालमै उत्पादन हुने भएका छन् । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा कम्पनीले अब नेपालमै हिरोका दुई पाङ्ग्रे सवारी उत्पादन हुने घोषणा गरेको हो ।

आइतबार काठमाडौँमा एक घोषणा कार्यक्रमको आयोजना गरी सिजी मोटर्सले हिरोका एक्सप्लस २०० ४भी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कुटर नेपालमै एसेम्बल हुने र नेपाली बजारमा उपलब्ध गराइने जनाएको छ । हिराेकाे जुम स्कुटर भने पहिलाे पटक उत्पादन हुने नयाँ ब्रान्ड हाे । कम्पनीका अनुसार यी ४ उत्पादन अब नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बल प्लान्टमा एसेम्बल गरिने छ ।

सिजी मोटर्सका अनुसार उक्त प्लान्टको उत्पादन क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुनेछ । एसेम्बल प्लान्टले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना  गर्न सघाउने छ । बढ्दो ग्राहक संख्यालाई ध्यानमा राखेर नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गरिरहेको जनाएको छ ।

हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले नवीनता र प्रविधि हिरोको मूल मन्त्र रहेको भन्दै हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकलाई विश्वस्तरीय उत्पादन र अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको बताए । हिरोले सीजीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए ।

‘यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ,' उनले भने, ‘सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्व(स्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । यो हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो ।’

कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो ।  हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ ।  सिजीले अब हामी देशभर हिरोको एक बलियो बजार निर्माण गर्ने छ ।’

नेपालकै मध्य भागमा रहेको एसेम्बल प्लान्टले देशभर सेवा विस्तार गर्न सहज हुने तथा सेल्स तथा सर्भिस नेटवर्क विस्तारमा सहयोग गर्ने जनाएको छ । सीजी मोटर्सले काठमाडौँमा हिरोको प्रमुख तथा 'फ्ल्यागशिप शोरुम' खोलिसकेको छ । हिरो मोटोकर्प सन् २०१४ मा नेपालमा प्रवेश गरेको थियो र वर्षौंदेखि सुपर स्प्लेन्डर र एक्सप्लस २०० मोटरसाइकल जस्ता सर्वाधिक रुचाइएका उत्पादनका साथ आफूलाई देशकै अग्रणी मोटरसाइकल ब्रान्डको रूपमा स्थापित गरेको छ ।

चौधरी ग्रुप (सीजी) ले विश्वभर १६० भन्दा बढी कम्पनीका र १२३ भन्दाबढी  ब्रान्डको विस्तृत नेटवर्क सञ्चालन गर्दै आएकाे छ । यसअन्तर्गत १५ हजारभन्दा बढी कर्मचारीहरू कार्यरत छन् । समूहको सञ्चालनमा फास्ट–मुभिङ कन्ज्युमर गुड्स उद्योग, वित्तीय सेवा, ऊर्जा तथा पूर्वाधार विकास, हस्पिटालिटी क्षेत्र, र अत्याधुनिक इलेक्ट्रोनिक्स क्षेत्र समावेश छन् । चौधरी समूहले विभिन्न क्षेत्रहरूमा नवप्रवर्तन र उत्कृष्टतालाई समेत निरन्तरता दिँदै आएको छ । 

हिराे माेटरसाइकलकाे आधिकारिक बितरक सिजी माेटर्सले आइतबार हाेटेल र्‍याडिसनमा एक कार्यक्रम गरी यी माेटरसाइकल अब नेपालमै एसेम्बल हुने घाेषणा गरेकाे छ । उक्त घाेषणा समाराेहका केही तस्बिरहरू :

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit