विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर माई हाइड्रो पावर कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा साढे ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले इलाममा सञ्चालित ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाको विद्युत बिक्रीबाट यो मुनाफा आर्जन गरेको हो ।

कम्पनीले साउनदेखि पुससम्मको अवधिमा विद्युत बिक्रीबाट १४ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ ।  कम्पनीको सबै खर्च कटाउँदा कूल आम्दानीको ५० प्रतिशत मुनाफा आर्जन हुन गएको हो ।

कम्पनीले प्रवद्र्धन गरेको आयोजनाले नेपाल विद्युत प्राधिकरणसँगको सम्झौताको ९९ प्रतिशत ऊर्जा उत्पादन गरी प्रसारण प्रणालीमा योगदान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा क्रमशः ४ करोड ५८ लाख रुपैयाँ र ४ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो । 

कम्पनीले यी दुई आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट संस्थापक सेयरधनीलाई क्रमशः ७.१५ प्रतिशत र ११.५ लाभांश वितरण गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि पनि साधारण सेयर निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बोर्डको अनुमतिपछि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सुपर माई लक्ष्यभन्दा अगाडि निर्माण सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएको थियो ।

सुपर माईमा लगानी गरेको समूहले इलाममा नै सुपर माई ‘ए’ र सुपर माई क्यासकेड आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । लमजुङमा निर्माणाधीन चेपे खोला पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit