images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । १२ मेगावाटको सुपर काबेली खोला जलविद्युत् आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (एसइआइए) तयार भएको छ । प्रवर्द्धक कम्पनी हिलटन हाइड्रो इनर्जी लिमिटेडले तयार पारेको प्रतिवेदन हाल वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । हाल मन्त्रालयले उक्त प्रतिवेदनमाथि सुझाव माग गरेको छ ।

सुरुमा यो आयोजनालाई १३.५ मेगावाटको सुपर काबेली खोला ए को क्यास्केड आयोजनाको रूपमा निर्माण गर्ने गरी अघि बढाइएको यो आयोजनाको वातावरण प्रभाव मूल्याङ्कन २०७८ असार २० गते स्वीकृत भएको थियो । त्यस्तै, २०७८ कात्तिक १२ गते उत्पादन अनुमति पत्र तत्कालीन प्रवर्द्धक कम्पनीले लिएको थियो । उक्त आयोजनालाई क्यास्केडबाट स्वतन्त्र नदी प्रवाही आयोजनाको रूपमा विकास गर्ने तथा संरचना र डिजाइन परिवर्तन भएपछि पुरक इआईए प्रतिवेदन तयार पारिएको हो ।

नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) समेत भइसकेको छ । आयोजनाको वित्तीय व्यवस्थापन पूरा भइसकेको छ । त्यस्तै, जग्गाको भोगाधिकार तथा रुख कटानको स्वीकृति प्राप्त भएको छ । जग्गा खरिद, इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकल डिजाइन समेत तयार भइसकेको छ ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ६, ७ र ८ मा निर्माण हुने आयोजनाको आयोजनाको विद्युत् गृहमा ६.२५ मेगावाट क्षमताका २ वटा उत्पादन युनिट रहनेछन् । आयोजनाले वार्षिक औषत ७४.३३१ गिगावाट आवर विद्युत् उत्पादन गर्ने छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२/३३ केभीको अमरपुर सबस्टेसनमा जोडिने छ ।

आयोजनाको डिजाइन र स्वरुप परिवर्तन भएसँगै पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार आयोजनाको कुल लागत समेत बढेको छ । यसअघिको इआईए प्रतिवेदन अनुसार आयोजनाको कुल लागत २ अर्ब १६ करोड रुपैयाँ अनुमान गरिएकोमा एसइआइए अनुसार आयोजनाको कुल लागत २ अर्ब १८ करोड पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit