विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बैशाखयता देशका विभिन्न जिल्लामा पहिचान भएका ११५.८९ मेगावाटका ७ जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न अध्ययन अनुमति पाएका छन् ।

विद्युत विकास विभागका अनुसार २०७९ बैशाखदेखि हालसम्मको अवधिमा उक्त क्षमताको आयोजनाले अध्ययन अनुमति पाएका छन् । 
७.४५० मेगावाटदेखि ४२.३०० मगावाट सम्मका आयोजनाले अध्ययन अनुमति पाएको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा ठुलो ४२.३०० मेगावाटको लिखु खोला जलविद्युत आयोजनाको रहेको छ ।

यो आयोजनाकाे अध्ययन गर्न उज्यालो इनर्जी सोलुसनलले २०७९ बैशाख २५ गते अनुमति पाएको थियो । यस्तै, स्नोफल हाइड्रो पावरले २९ मेगावाटकाे तेजाे थेगाम खाेला अध्ययन गर्न २०७९ बैशाख १२ गते अध्ययन अनुमति पाएको विभागकाे वेपसाइटमा उल्लेख छ ।

यस्तै, ९.७०० मेगावाटका ब्राम्हायनी–ए इन्टीग्रेटेड हाइड्रो फण्डले सिन्धुपाल्चोकमा अध्ययन गर्न अनुमति पाएको छ । ९.०६० मेगावाटका रुद्रवती बढीगाड हनुमन्ते पावर एण्ड इनर्जीले, ९.३८० मेगावाटका पारा मलुन ग्राडियण्ड इनर्जी प्रालिले,  ७.४५० मेगावाटका काबेली क्यास्केड काबेली हाइड्रो पावरले र ९ मेगावाटका सुपर दोना सुन्दर बस्नेतले अध्ययन गर्न अनुमति पाएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit