विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
जलवायु परिवर्तन, कपडा र जनचेतना 

काठमाडाैँ । मलाई खान र लाउन केहीमा पनि साैख छैन । नखाई कहिलेकाहीँ २–३ दिन पनि बस्छु र प्रायः पुरानै लुगा मन पर्छ । यो सुरुवाल पनि मैले पेरुमा अरूले लगाएको किनेको हो । (माथिको फोटोमा हेर्नुहोस्)

पूरै धोएर, पूर्ण रूपमा स्टर्लाइज गरी सफा पारेपछि अरूको लुगा लगाउँदा के बिग्रिन्छ ? फाटेको भए सिलाएर लाउदा के बिग्रिन्छ ? सबैले नयाँ लगाउँदै फाल्दै गर्ने बानीले तपाइँ हामी आर्थिक समस्यामा पर्छाैँ । यही गतिविधि गइराख्याैँ भने पृथ्वीले पनि थेग्न सक्दिनन् ।

राजनीतिक पार्टीहरूले यसलाई दुत्कार्नुको साटो बरु चुनावी मुद्दा नै बनाउनुपर्छ । कपडा उत्पादन गर्ने उद्योगहरुबाट मात्र विश्वको कुल कार्बन उत्सर्जनको करिब १० प्रतिशत कार्बन उत्सर्जन हुन्छ । (युरोपियन वातावरण एजेन्सीले गरेको अध्ययनमा आधारित)

कपडा उत्पादन कम गर्न र कार्बन उत्सर्जन घटाउन हामीले पुरानो कपडा नलगाउने वा अरूको कपडा नलगाउने बानी सुधार्नुपर्ने छ । सायद, धैरैलाई अनौंठो लाग्छ होला । किन्न नसक्नेले मात्र अरूले लगाएको लुगा लगाउँछन् भन्ने सोच आफैँमा गरिब मानसिकताको सोच हो ।

काठमाडौँमा सायद पेरुमा जस्तो अरूले लगाएको पुरानो कपडा पाइने एउटा पनि पसल छैन कि ? यदि, कसैले त्यस्तो पसल खोल्ने जमर्को गर्नुभयो भने म हजुरको ग्राहक हुन पाए खुसी हुने थिएँ । धनगढीका गोपीले पुरानो कपडा संकलन केन्द्र बनाउनु भएको छ र गरिबहरूलाई दिनुभएको छ । निकै राम्रो काम हो तर किन्न सक्नेहरूलाई पनि यो उपाय सहज बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु । अझ, काठमाडौँ महानगरबाटै सुरु गरिदिनुभए यो निकै राम्रो र नौलो काम हुने थियो ।

त्रिवि पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकल इन्जिनियरिङमा बिई गरेका ढकालले अक्स्फोर्ड विश्वविद्यालयबाट स्नातकाेत्तरसम्मकाे अध्ययन पूरा गरेका छन् । उनले २०७९ को निर्वाचनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकै निर्वाचन क्षेत्र डडेलधुराबाट देउवासँगै प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । याे उनकाे सामग्री सामाजिक सञ्जाल लिंक्डइनबाट साभार गरी केही सम्पादनसहित प्रकाशित गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit