विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कार्यरत ८ सय ४१ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले कर्मचारी सेवा, शर्त विनियमावली २०७५ को विनियम ४३, ४६, ४८ र ५१ मा भएको व्यवस्था बमोजिम एकै पटकमा यति धेरै कर्मचारीको सरुवा गरेको हो ।

२०७७ चैत्र ३१ गतेको निर्णय अनुसार १ देखि ८ तह सम्मका कर्मचारीको सरुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सरुवा हुनेमध्ये ५ सय ३२ कर्मचारी आफुले इच्छाएको प्रदेशमा सरुवा भएका हुन् ।

अन्य ३ सय ९ जना कर्मचारीको नियमित सरुवा गरी जिम्मेवारी तोकिएको हो । एउटै कार्यालयमा तोकिएको अवधि पूरा भएका तथा कार्य मूल्याङकनको आधारमा कार्यरत कर्मचारीको सरुवा गरिएकोे प्राधिकरणले जनाएको छ ।

यसपटक वितरण केन्द्र, प्रादेशिक कार्यालय, निर्देशनालय, आयोजना, प्रशासन शाखा, जलविद्युत केन्द्र, प्राविधिक सेवा विभागलगायतका कार्यालयका कर्मचारीको जिम्मेवारी हेरफेर गरेर सरुवा गरिएको छ । नियमित प्रक्रियाअनुसार सरुवा हुने ११ जना ८ तहका छन् । 

६८ जना ७ तहका, ३३ जना ६ तहका, ५४ जना ५ तहका र ६३ जना ४ तहका कर्मचारी छन् । ३९ जना ३ तहका, २७ जना २ तहका र १४ जना १ तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । सरुवा भएका यी कर्मचारीको विभिन्न कार्यालय, आयोजना, जलविद्युत केन्द्रलगायतमा जिम्मेवारी तोकिएको छ ।

यस्तै, प्रदेश तहबाट नियुक्त भई अर्को प्रदेशमा आउनेमध्ये १ सय ३६ जना ५ तहमा कार्यरत कर्मचारी छन् । २ सय ९८ जना ४ तह र ९८ जना ३ तहका रहेको प्राधिकरणले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit