विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विश्वमा सन् २०२० मा नवीकरणीय ऊर्जाका विभिन्न स्रोतबाट २ लाख ८० हजार मेगावाट विद्युत उत्पादन भएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले गरेको पछिल्लो अध्ययनले जलविद्युत, सौर्य, वायु  तथा अन्य ऊर्जाका स्रोतबाट यति विद्युत उत्पादन भएको हो ।

गत वर्ष थपिएको उत्पादन अघिल्लो वर्ष (सन् २०१९) को तुलनामा ४५ प्रतिशत बढी भएको एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  सन् २०१९ मा नवीकरणीय ऊर्जाका स्रोतबाट १ लाख ९० हजार मेगावाट विद्युत उत्पादन भएको थियो ।

सन् २०२० मा सौर्य ऊर्जाबाट १ लाख ३५ हजार मेगावाट तथा वायु ऊर्जाबाट १ लाख १५ हजार मेगावाट उत्पादन थपिएको आइइएको रिपोर्टमा उल्लेख छ । जलविद्युतबाट भने २० हजार मेगावाट विद्युत मात्रै थपिएको आइइएले जनाएको छ । 

१० हजार मेगावाट नवीकरणीय ऊर्जाका अन्य स्रोतबाट उत्पादन भएको छ । कूल उत्पादन भएको नवीकरणीय ऊर्जामा सबैभन्दा बढी चीनको ८० प्रतिशत हिस्सा छ । 

सन् २०२१ मा २ लाख ७० हजार मेगावाट तथा २०२२ मा २ लाख ८० हजार मेगावाट विद्युत नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने प्रक्षेपण गएिको आइइएको रिर्पोटमा जनाइएको छ । यो २ वर्षमा नवीकरणीय ऊर्जाबाट अहिलेको जडित क्षमतामा ९० प्रतिशत उत्पादन थपिने अनुमान छ । 

यो अवधिमा जलविद्युतबाट पनि ३० देखि ३५ हजार मेगावाट तथा नवीकरणीय ऊर्जाका अन्य स्रोतबाट १० हजार मेगावाट विद्युत विश्वभर उत्पादन हुने अनुमान आइइएको रिपोर्टमा गरिएको छ ।

‘जलवायु परिवर्तनका कारण पर्यावरणमा परिरहेको असर न्युनीकरणको लक्ष्य भेट्टाउनका लागि पनि सौर्य र वायु ऊर्जाको उत्पादन बढाउनु पर्ने आवश्यकता देखिएको छ । यही कारण विश्वमा नवीकरणीय ऊर्जाको हिस्सा बढिरहेको छ’ एजेन्सीका कार्यकारी निर्देशक फातिह बिरोलले भने ।

उनले हरेक देशको सरकारले सौर्य तथा वायु ऊर्जा प्रवर्द्धन गर्ने नीति निर्माण गरी नवीकरणीय ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए । विद्युत प्रवाह हुने संरचना एवं जलविद्युत, वायो ऊर्जा र जियोथर्मल प्रविधिमा पनि लगानी बढाउनु पर्ने बताए ।

स्वच्छ ऊर्जा उत्पादनबाट मात्रै विश्वले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न निर्धारण गरेको लक्ष्य प्राप्त गर्न सक्ने उनको भनाई छ । अहिले स्वच्छ ऊर्जाको अवधारणअनुसार विश्वका सबै देशले नवीकरणीय ऊर्जामा लगानी दायरा बढाउँदै लगेकाले भविश्यमा लक्ष्यभन्दा बढी विद्युत उत्पादन हुन सक्ने सम्भावना देखिएको आइइएले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit