विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर फल्स कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत बैशाख २८ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज   (बुधबार) साझ ५ बजेबाट सकिन लागेको हाे ।

कम्पनीले सर्वसाधारका लागि सय रुपैयाँ अंकित २७ करोड ३० लाख रूपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार निष्कासन गरेको सेयर मध्ये ५४ लाख ६० हजार कित्ता अर्थात २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

१ लाख ३६ हजार ५ सय कित्ता अर्था ५ प्रतिशत सेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी, २५ करोड ३८ लाख ९० हजार रुपैयाँ बराबरको २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधरणका लागि निष्कासन गरिएकाे छ  । 

सर्वसाधरणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापीटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०७० फागुनदेखि उत्पादन अनुमति लिई अघि बढेको आयोजना २०७९ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । 

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेसमेन्ट बैंक र प्रभु बैंकको ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit