विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको सिभिल संरचनाको काम सकिएको आयोजना संयोजक यज्ञप्रसाद सुवेदीले बताए । उनका अनुसार २.४ किलोमिटर लामो हेडरेस पाइप बिछ्याउने काम सकिएको छ ।

‘आयोजनाको सिभिल संरचनाको काम लगभग सकिएको छ’, उनले भने, ‘संरचना तयार भएकोले उपकरण जडानको काम सुरु गर्ने तयारी भइरहेको छ, आवश्यक उपकरण सबै आयोजनास्थलमा आइसकेका छन् ।’

उपकरण जडानको काम जेठ तेस्रो सातादेखि सुरु गरिनेछ । उपकरण जडानको काम साउन तेस्रोसाताभित्र सम्पन्न गरी उत्पादन परिक्षण सुरु गर्ने लक्ष्य रहेको सुवेदीले थपे ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे ३ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले नै निर्माण गर्दैछ । 

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ चैतदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना महामारीले गर्दा करिब डेढ वर्ष ढिला गरी विद्युत उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत अर्थात ५७ करोड ४० लाख रुपैयाँ स्वँपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३