विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको हेडरेस र टेलरेस सुरुङ तथा भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न भएको छ । आयोजनाको हेडरेस सुरुङको लम्बाई ७ हजार ६४५ मिटर रहेको छ । 

सिउरी न्यादी पावर लिमिटेडले आयोजनाको प्रवर्द्धन गरेको हो ।  एक कार्यक्रमका बीच कम्पनीका प्रबन्ध निर्देशक दिनेश गुरुङ, नेपाली सेनाका गुल्मपती चित्रकुमार कार्की र आरके हाइड्रोपावर एन्ड एसोसिएट्सका प्रबन्ध निर्देशक राजकुमार (आरके) पण्डितले संयुक्तरूपमा स्वीच अन गरी सुरुङको ब्रेकथ्रु गरे ।

पेनस्टक जडान र विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको छ । जी एण्ड जी इन्फ्र प्राइभेट लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाले ५ अर्ब २५ करोड रूपैयाँ ऋण लगानी गरेका छन् । प्रवर्द्धकको स्वपुँजी १ अर्ब ७५ करोड रूपैयाँ रहने छ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्द्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ ।

करिब ७ अर्ब रूपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रबन्ध निर्देशक गुरुङले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत्‌लाई विद्युत् गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ । सबस्टेसनसम्मको प्रसारण लाइनमध्ये करिब ६ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ । आयोजनाका अनुसार वर्षातको ६ महिना प्रतियुनिट ४‍.८० रुपैयाँ र ६ महिनाको हिउँदयाममा ८‍.४० पैसाको दरले विद्युत् खरिदबिक्री गर्ने भएको छ ।

आगामी २०८२ असार महिनासम्ममा आयोजनाको काम सक्ने गरी अघि बढेको आयोजनाको कुल ८० प्रतिशत निर्माण कार्य सकिएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३