काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष (आव) २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले हालको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ८० लाख रहेको छ जसको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश वितरणको प्रस्ताव विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित गरी लगाानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।