विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालनमा आएको छ । आयोजनाको नहर भासिएपछि  विद्युत उत्पादन बन्द भएको आयोजना करिब डेढ महिनापछि सञ्चालनमा आएको हो ।

२०७९ साउन १७ गतेदेखि बन्द भएका विद्युत् उत्पादन पालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा पुन निर्माण गरी सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ ।

गाउँपालिकाले ३१५ एमएम क्षमताको १३८ मिटर पाइप उपलब्ध गराएको थियो । परियोजनासँग रहेको १२ मिटर पाइपलाई दुईलाइनमा जोडेर ७५ मिटर दूरीमा पानी तारिएपछि पुन विद्युत् उत्पादन थालिएको परियोजनाले जनाएको छ ।

जमिन भासिएपछि नहर पुलजस्तै बनेर जुनसुकै बेला भत्किएर थप क्षतिको जोखिम भएकाले त्यसलाई भत्काएर पाइप राखिएको हो । परियोजना बन्द हुँदा उज्यालोका लागि टुकी, सोलारमा भर पर्नुपरेको थियो । पुन उत्पादन सुरु भएपनि करिब ९०० घरधुरी लाभान्वित भएका छन् ।

विसं २०६६ देखि नियमित विद्युत् उत्पादन गर्दै आएको परियोजनाबाट मालिका गाउँपालिकाको दरवाङ, थापाचौर, बतासे, फूलबारी, गरजरा, महभिर, अदिभारा, डाडागाउँ, औल, कोदालिवाङ र खहरेका स्थानीयले विद्युत सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit