विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा चुलिँदै गएको छ । चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा अयात निर्यात व्यापारको असन्तुलन झनै बढेर गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार व्यापार घाटा बढेको देखिएको हो । 

प्रतिवेदन अनुसार चालु आर्थिक वर्षका दुई महिना (साउन र भदौ) मा ७.८ प्रतिशतले कमी आई २६ अर्ब ४५ करोड रुपैयाँको कुल वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.९ प्रतिशतले कमी आएको थियो । 

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आई २ खर्ब ५९ अर्ब ७५ करोड रूपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १३.० प्रतिशतले कमी आएको थियो । 

गन्तव्य मुलुकका आधारमा भारततर्फ भएको निर्यात १५.६ प्रतिशतले कमी आएको छ । तर, चीनतर्फको निर्यातमा ३३८.५ प्रतिशत र अन्य मुलुकतर्फको निर्यातमा ५.१ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक शिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात घटेको छ । 

त्यस्तै, वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयातमा ५.२ प्रतिशतले कमी आएको छ । अन्य मुलुकबाट भएको आयातमा २१.५ प्रतिशतले कमी आएको छ । तर, चीनबाट हुने अयातमा भने २५.४ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा एम।एस। तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युतीय उपकरण, लत्ताकपडा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एमएस बिलेट लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 

आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०।२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ३२ अर्ब १४ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ अर्ब २३ करोड रूपैयाँ बराबरको भएको थियो । 

वार्षिक विन्दुगत आधारमा २०८० भदौमहिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ३.० प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ६.० प्रतिशतले घटेको छ । २०८० भदौ महिनामा व्यापारको शर्त ९.६ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा खुद सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १९ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५३.९ प्रतिशतले वृद्धि भई ९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.५ प्रतिशतले वृद्धि भई ३५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २० अर्ब १६ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit