images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २.४ मेगावाटकाे  माथिल्लो स्याङ्गे खोला जलविद्युत आयोजना अबकाे साता दिनमा राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिने भएकाे छ । लमजुङमा निर्माण सम्पन्न भएकाे जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन लागेकाे हाे ।

अप्पर स्याङ्गे हाइड्रो पावर कम्पनीले निर्माण सुरु गरेकाे ४ वर्षमा आयोजना सम्पन्न गरेकाे हाे । २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको निर्माण सकिएर अहिले सिभिल संरचना तथा जडान भएका उपकरणहरूकाे आन्तरिक परीक्षण भइरहेकाे कम्पनीले जनाएकाे छ ।

 कम्पनीका अनुसार आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरण ठिक छन् कि छैनन् भनी परीक्षण सुरु गरिएकाे हाे । संरचना तथा उपकरणकाे परीक्षणकाे चरण पूरा भएपछि आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने तयारी छ । 

आयोजनाबाट उत्पादन भएकाे विद्युत प्रसारण प्रणालीमा जोडिएपछि २ सातासम्म परीक्षण उत्पादन चल्नेछ ।  परीक्षण उत्पादनकाे चरण पूरा गरेर व्यापारिक उत्पादन सुरु गरिने कम्पनीले जनाएकाे छ । आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइन मार्फत १२ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ ।

सबस्टेसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो । आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा २.८६८ गिगावाट घन्टा र बर्खामा ११.७४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट २०७६ जेठभित्रनै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि विविध कारणले गर्दा ढिला भएको हो । आयोजना ४६ करोड १० लाख ८४ हजार रुपैयाँमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit