images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी लगानीमा ३०.४ मेगावाटको माथिल्लो दूधखोला अर्धजलाशय जलविद्युत आयोजना निर्माण हुने भएको छ । कार्बोनलेस इनर्जी फण्ड प्रालिले गण्डकी प्रदेशको मनाङ जिल्लामा पहिचान भएको याे आयोजना निर्माण गर्न लागेकाे हो ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङन अध्ययन प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । कम्पनीले जलविद्युत उत्पादन गर्न संरचना निर्माण गर्दा आयोजना स्थलको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक एवं आर्थिक प्रणालीमा पर्ने प्रभावका सम्बन्धमा सम्बन्धित सराेकारवालाकाे राय/सुझाव मागेकाे छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रमा पर्ने विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, तथा सरोकारवाला व्यक्ति वा संस्थासँग राय/सुझाव मागेकाे हाे । कम्पनीले ७ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन प्रभावित क्षेत्रका सराेकारवा समक्ष आग्रह गरेको छ ।

प्रभावित क्षेत्रका स्थानीय सराेकारवालाले आफ्नो राय/सुझाव कम्पनीको कार्यालय वा आयोजनाकाे परामर्शदाता राज बन्धु सर्भिसेस प्रालिकाे कार्यालयमा पठाउनु पर्नेछ । याे आयोजनाको बाँध जिल्लाको नासो गाउँपालिकाकाे ६ र ७ नम्बर वडास्थित दूधखोलामा निर्माण हुनेछ ।

विद्युत उत्पादन गर्न दूधखाेलाकाे पानी ३ हजार ९ सय मिटर लामो सुरुङमार्फत निर्माण गरी विद्युतगृहमा खसालिनेछ । आयोजनाको विद्युतगृह सतही हुनेछ । विद्युत उत्पादनपछि निस्कने पानी ३८ मिटर निकास नहरमार्फत पुनः दूधखाेलामा पठाइनेछ ।

याे आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि सुख्खा याममा दैनिक १.६६ घन्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिनेछ । याे आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit