विद्युत अपडेट

  • प्राधिकरण : ८२०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५३० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८१३ मे.वा.घन्टा
  • आयात : ३८२८ मे.वा.घन्टा
  • निर्यात : ३८३७ मे.वा.घन्टा
  • ट्रिपिङ : ४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१५१ मे.वा.
२०८३ जेठ ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी क्षेत्रले अघि बढाएका १८ सय २७ मेगावाटका विद्युत आयोजना निर्माणको चरणमा पुगेका छन् । नेपाल विद्युत प्राधिकरणसँग विभिन्न समयमा विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेका ९५ विद्युत आयोजना संरचनाको निर्माण सुरु गर्ने चरणमा पुगेका हुन् । 

विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार निर्माणमा जाने तयारी अवस्थामा १ मेगावाटदेखि १३५ मेगावाटसम्मका विद्युत आयोजना छन् । पिपिए भइसकेका केही विद्युत आयोजना उत्पादन अनुमतिपत्र कुरिरहेका छन् । 

१३५ मेगावाटको मनाङ मर्स्याङ्दी, ३७.७ मेगावाटको तल्ले इसुवा क्यासकेड, ३.२३ मेगावाटको भृकुटी ग्रिड टाइड सौर्य विद्युत, २१ मेगावाटको सुपर खुदी, ३७.५ मेगावाटको तमोर खोला–५, ३.२ मेगावाटको स्यार्पु खोला लगायत विद्युत आयोजना छन् ।

केही आयोजना बैंक तथा वित्तीय संस्थाहरूको लगानी जुटाउने प्रक्रियामा छन् । निर्माणमा जाने चरणमा पुगेका केही सौर्य विद्युत आयोजना पनि छन् । 
बैंक तथा वित्तीय संस्थाको लगानी जुटाइसकेका ३ हजार मेगावाट बढीका विद्युत आयोजना अहिले निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत अघि बढाएका ४ सहित १३७ विद्युत आयोजना निर्माण भइरहेका छन् ।निर्माण सम्पन्न भइसकेका ११५ वटा विद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । यी आयोजनाको जडित क्षमता १३८६ मेगावाट छ ।

थप ६ हजार मेगावाट बराबरका विद्युत आयोजना अहिले पिपिएकाे लाइनमा छन् । विद्युत प्राधिकरणले लामाे समयदेखि पिपिए राेकेकाले यी आयोजना निर्माणमा जाने अवधि पनि लम्बिँदै गएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३