विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पर्याप्त बजेट नहुँदा धनकुटामा जीर्ण अवस्थामा पुगेका काठका विद्युतीय पोल फेर्न समस्या भएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि काठका पोल फेर्ने शिर्षकमा बजेट विनियोजन नगरेकाले स्टील तथा सिमेन्टका पोल राख्न नसकिएको हो ।

प्रयोगमा आएका जीर्ण काठका पोल नफेरिँदा विद्युतीय दुर्घटनाको जोखिम बढ्दै गएको छ । १२ हजार भन्दा बढी काठका पोल भएको स्थानमा स्टिल तथा सिमेन्टका पोल राख्न बजेट मागे पनि नपाएको नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्र प्रमुख दीपक सापकोटाले बताए ।

‘वर्षमान पुन ऊर्जा मन्त्री हुँदा काठका पोल फेर्ने अभियान नै चलाउने भनेर प्रचार भयो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, अहिलेसम्म यो कामका लागि पर्याप्त बजेट पाउन सकिएको छैन । प्राधिकरणले आफ्नै स्रोतबाट पोल बदली गर्नुपर्ने बाध्यता रहेकाले बढी समय लागिरहेको छ ।’ उनले ८ हजार काठका पोल तत्कालै फेरिहाल्नु पर्ने अवस्थाका भए पनि बजेट अभावकै कारण सम्भव नभएको बताए ।

प्राधिकरणको आफ्नै स्रोतबाट चालू आर्थिक वर्षभित्र १५ सय जीर्ण पोल मात्रै फेरिँदै छन् । बाँकी साढे १० हजार जीर्ण काठका पोल फेर्न बजेट छैन । गत चैत २१ गतेको भीषण आगलागीमा परी धेरै काठका पोल डढेर नष्ट भएका छन् ।

केही काठका पोल गत शुक्रबार असिना पानी सहित आएको हावाहुरीका कारण ढलेर क्षतिग्रस्त बनेका छन् । भएका काठका पोल पनि कमजोर छन् । जसका कारण विद्युतीय दुर्घटनाको जोखिम बढेको छ । 

यो समस्या धकुटामा मात्र नभई अधिकांश पहाडी जिल्लामा छ । देशभरमा तत्कालै फेर्नुपर्ने साढे ३ लाख भन्दा बढी मक्किएका काठका विद्युतीइ पोल छन् । प्राधिकरणले मक्किएका पोल फेर्न केही वर्ष यता बजेट माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit