विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले विद्युत विस्तार गरेपछि विद्युत सेवा पुगेको हो ।

गाउँपालिकाको वडा नम्बर ३ र ५ मा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । उनका अनुसार विद्युतीकरण विस्तारबाट यी गाउँपालिकाका करिब ११ सय घरधुरीले विद्युत सेवा पाएका छन् ।

पाँचखाल देखि करिब ८५ किलोमिटर ११ केभि लाइन निर्माण गरी विद्युत सेवा विस्तार गरिएको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘अब वितरण केन्द्र पूर्ण विद्युतीकरण भएको छ ।

राष्ट्रिय प्रसारण प्रणाली विस्तार भई गाउँमा उज्यालो पुगेपछि स्थानीय हर्सित बनेका छन् । गाउँमा विद्युत पुगेपछि बत्ती बाल्न, मोबाईल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज भएको स्थानीय बताउँछन् ।

चौरीदेउरालीमा विद्युत पुगेपछि काभ्रेपलाञ्चोक जिल्लामा पूर्ण विद्युतीकरण भएको पनि ढकालले जानकारी दिए । जिल्लामा ७ वटा गाउँपालिका र ६ वटा नगरपालिका छ । यी सबै स्थानीय निकायमा विद्युत पहुँच पुगिसकेको छ ।

केन्द्रले ग्राहकलाई मध्यनजर गर्दै मन्डनदेउपुर नगरपालिकामा नयाँ विद्युत महशुल काउन्टर सञ्चालन गरेको छ । काउन्टरबाट करिब साढे ६ सय ग्राहकका लाभान्वित भएका छन् । केन्द्र अन्तर्गत विद्युत सेवा लिने करिब २० हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit