विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर आवेदन अवधि थप भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माण गरी सञ्चालन गरिरहेको २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि खुल्ला गरेको सेयर आवेदन अवधि थप भएको हो ।

कम्पनीले प्रभावित  स्थानीयका लागि गत बैशाख २२ गतेदेखि सेयर आवेदन खुल्ला गरेको थियो । कम्पनीले सय रुपैयाँ अंकित १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाका लागि सेयर निष्कासन गरिएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीका लागि सेयर निष्कासन गरी बाँडफाँड पछि दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको १९ लाख ५७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु खोला सञ्चालन गरिरहेको छ । आयोजनाको काम २०७६ मा पूरा भएर पनि १३२ केभी सोलु कोरिडोर तयार नहुँदा ३३ केभी लाइन मार्फत वैकल्पिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । अहिले लाइन निर्माण पूरा भएपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit