images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दाेलखा । दोलखाको तामाकोसी गाउँपालिकामा सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाका प्रभावित स्थानीयले सेयर माग गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ किर्नेमा रहेका दोलखा र रामेछापका जनप्रतिनिधिहरूको बैंठकले खिम्ती-१ को सेयर कानुन बमोजिम पाउँनु पर्ने माग गर्ने निर्णय गरेका हुन् ।

दुवै जिल्लाका स्थानीय सरकारको संयुक्त बैठकले स्थानीयका लागि खिम्ती–१ बाट सेयर माग गर्ने निर्णय गरेको छ । विद्युत उत्पादन भएको २३ वर्ष पुरा भएपनि आयोजनाले स्थानीयलाई सेयर उपलब्ध नगराएकाले तत्काल सेयर उपलब्ध गराउन आग्रह गरेको हो ।

हिमाल पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच हुने संयुक्त कम्पनीले आयोजनाबाट प्रभावित जनतालाई निशुल्क १० प्रतिशत सेयर दिने प्रक्रिया तत्काल सुरुवात गर्न र कम्पनी निर्माणमा स्थानीय सरकारको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ ।

आयोजनाबाट उत्पादन थालेको सन् २०२० मा २० वर्ष पुगेकाले ५० प्रतिशत स्वामित्व प्राधिकरणको भएको छ । कम्पनी र प्राधिकरणको संयुक्तमा कम्पनी स्थापना गरेर विद्युत खरिद सम्झौता (पिपिए) पुनरावलोकन गर्नुपर्ने स्थानीयको माग छ ।

संयुक्त कम्पनी नबन्दा अन्तरिम अवधीका लागि प्राधिकरणले प्रतियुनिट २ रुपैंयाका दरले भक्तानी गर्दै आएको छ । पिपिएको दर घट्दा प्राधिकरणलाई फाइदा भएको छ भने रोयल्टी रकम समेत घट्दा स्थानीय विकास आयोजना समेत प्रभावित भएका छन् ।

तामाकोसी गाउँपालिका–५ किर्नेटारमा बसेको बैठकले निर्णय कार्यान्वयन, सहजीकरण तथा समन्वय गर्न तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताव केसी संयोजक र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) सहसंयोजक रहनेगरी ९ सदस्यीय समिति पनि गठन गरेको छ । केसीले सेयर सम्बन्धि माग लिएर दोलखा र रामेछापका संघीय सांसद र प्रदेश सांसद सहित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्म पुग्ने जानकारी दिए ।

निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा पहिलो र ठूलो आयोजना खिम्ती १ को सम्पूर्ण संरचना तामाकोसी गाउँपालिकामा बनेको छ । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलाको पानीलाई प्रयोग गरी निर्माण गरेको आयोजना भएकाले दोलखा र रामेछापका साविक १० गाविस र हालका ५ स्थानीय तहका १२ वटा वडा प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit