विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो भक्तपुरस्थित खरीपाटी तालिम केन्द्रमा कोरोना संक्रमितका लागि आइसोलेसन सेन्टर तयार गरेको छ । हाललाई आफ्ना कर्मचारीका लागि मात्र आइसोलेसन बनाइएको छ ।

प्राधिकरण कोभिड–१९ जोखिम व्यवस्थापन समितिको बैशाख २४ गतेको सिफारिस तथा प्राधिकरण कार्यकारी निर्देशकस्तरीय निर्णयअनुसार उक्त तालिम केन्द्रलाई आइसोलेसन केन्द्र निर्माण गरिएको छ । कोभिड संक्रमित कर्मचारीले आइसोलेसन केन्द्र प्रयोग गर्नु परे सम्पर्क राख्न आग्रह गरिएको छ ।

आइसोलेसन केन्द्र व्यवस्थापन तथा समन्वयका लागि केन्द्रका निर्देशक बलराम सिलवाल, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डे र कर्मचारी प्रशासनका प्रमुख बासु कलौनीलाई जिम्मेवारी तोकिएको छ ।

प्राधिकरणले यसअघि आफ्ना कर्मचारी सहित सर्वसाधारणका लागि समेत आइसोलेसन केन्द्र बनाउने बताएको थियो । सबै सरकारी निकायले आ–आफ्नो तरिकाले व्यवस्थापन गरेको हुँदा प्राधिकरणले पनि आफ्ना कर्मचारीका लागि मात्र गरेको पाण्डेले बताए । ‘संवेदनशील भएको अवस्थामा त अस्पताल नै लैजानुपर्छ । आइसोलेसनका लागि भने राम्रो व्यवस्था गरिएको छ,’ उनले भने ।

सरकारको कोभिड–१९ व्यवस्थापन समिति वा अरू कुनै सरकारी अस्पतालले मागे आइसोलेसन केन्द्रका रूपमा प्रयोग गर्न दिने प्राधिकरणको योजना थियो । यसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समेत समन्वय गरिदिएको थियो ।

तालिम केन्द्रमा ६६ वटा कोठामा १३३ वटा बेड छन् । त्यहाँ सिसिटिभी छ र आवश्यक पर्दा डिजेल जेनेरेटरसमेत चलाउन सकिनेछ । २०७६ चैतमा चीनको बुहानबाट आएको एउटा जहाजका नेपालीहरूलाई १४ दिन सोही तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो । त्यतिबेला प्रयोग ल्याइएका बेड, विस्तारा वा अन्य संरचना यथावत रहेको हुँदा त्यसलाई पुनः प्रयोगमा ल्याइएको छ ।

यसअघि नेपाल सैनिक अस्पतालले क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने भन्दै तालिम केन्द्रको अवलोकन गरेको थिये । प्राधिकरणका अनुसार पहिलो भवनमा २६ वटा कोठा र २४ वटा विस्तारा छन् । यस्तै, दोस्रो भवनमा २६ वटा कोठा र ७८ वटा विस्तारा छन् । कर्मचारीहरूले प्रयोग गर्ने ११ वटा कोठामा २८ वटा विस्तारा तथा कार्यालय प्रमुखले प्रयोग गर्ने कोठामा ३ वटा विस्तारा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit