• प्राधिकरण : १००३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८७५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७३११ मे.वा.घन्टा
  • आयात : ६६२ मे.वा.घन्टा
  • निर्यात : ८७३४ मे.वा.घन्टा
  • ट्रिपिङ : ५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०९४२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
×

१ मेगावाटको अनुभवले २ सय मेगावाटका आयोजनामा लगानी

२०७८ पुस २९

दोलखा । दोलखामा निर्माण भएको १ मेगावाटको कुथेली बुखरी साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको ६ वर्ष भयो । देशमा चरम लोडसेडिङको अन्त्य गर्न सरकारले विद्युत संकटकाल घोषणा गरेका बेला गाउँकै खोलाको पानी प्रयोग गरेर विद्युत उत्पादन गर्ने गरी कुथेली आयोजनाको निर्माण सुरु भएको थियो । 

जिल्लाको सुस्पाक्षमावतीमा पहिचान भएको यो आयोजना स्थानीयबासी र केही बाहिरका लगानीकर्ता मिलेर निर्माण गरी सञ्चालनमा ल्याए । सुस्पाक्षमावतीको कुथेली खोलामा डाइभर्सन निर्माण गरी कुलो र पेनस्टक पाइप मार्फत पानी फर्काएर भीमेश्वर नगरपालिका–१ क्षमावतीको कुथेली बेंसीमा सर्जट्याङ्क निर्माण गरी दोल्ती खोला दोभानमा पावर हाउस निर्माण गरिएको छ । 

आयोजनाको ग्रस हेड २ सय १८ मिटर छ । कुथेली खोलाको पानी हिउँदमा कम हुने हुँदा थप कुलो निर्माण गरी बुखरी खोलाको पानी समेत फर्काएर मिसाइएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका अध्यक्ष सन्तोष मैनालीका अनुसार गत वर्ष कम्पनीले विद्युत बिक्रीबा ३ करोड ३८ लाख नाफा आर्जन गर्न सफल भएको थियो । आयोजना निर्माण गर्दाको बैंकको ऋण तिरेर गत वर्षको नाफाबाट लगानीकर्तालाई ६.५ प्रतिशत लाभांश वितरण गर्न लागेको पनि मैनालीले बताए ।

कुथेली आयोजनामा प्रवेशमार्ग निर्माण गरी संरचना तयार गरेर विद्युत उत्पादन सुरु गर्न २५ करोड रुपैयाँ खर्च भएको थियो । पहिलो आयोजना र कम अनुमभव भएका कारण लागतका हिसाबले यो आयोजना महंगो हुन पुगेको थियो । 

यो आयोजनामा लगानी गर्ने समूहले यही अनुभवबाट सिकेर अहिले २ सय मेगावाटका जलविद्युत आयोजनामा लगानी विस्तार गरेको कम्पनीका सञ्चालक कुमार खरेलले बताए । उनले कुथेलीकै लगानीकर्ताले ६ वर्षमा यी आयोजनामा लगानी विस्तार गरेर अघि बढाउन सफल भएको बताए ।
‘कुथली आयोजना हाम्रो जननी हो ।

पहिलो आयोजना भएकाले केही महंगो पनि भयो,’ उनले भने, ‘त्यही आयोजनामा सिकेको अनुभवले अहिले हाम्रो समूह यहाँसम्म आइपुगेको छ ।’ उनले ६ वर्षमा केथेलीमा लगानी गर्ने समूहले आफ्नो लगानी विस्तार गरी ५० मेगावाटका आयोजना निर्माण गरिसकेको बताए ।

अहिले निर्माणाधीन र निर्माणामा जाने चरणमा रहेका जलविद्युत आयोजनासहितको जडित क्षमता २ सय मेगावाटका आयोजनाको अनुमतिपत्र आफुहरूसँग भएको उनले बताए । कुथेलीपछि त्यही समूहले दैलेखमा द्वारी खोला, इलाममा सुपर माई,सुपर माई ‘ए’ र सपर माई क्यासकेडलगायतका आयोजना निर्माण सम्पन्न गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अरु आयोजना निर्माणाधीन र लगानी जुटाएर निर्माणमा जाने चरणमा छन् ।

कम्पनीका अर्का सञ्चालक.रत्नबहादुर नेवारले लगानी गरे तापनि जलविद्युत व्यवसाय कस्तो हुन्छ भनेर देखेको र जानेको कुथेली नै पहिलो आयोजना भएको अनुभव सुनाए । उनले विद्युत उत्पादन सुरु भएको ६ वर्षपछि साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको जानकारी दिए ।

कम्पनीले सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिए पनि १ मेगावाटभन्न्दा कम क्षमताको आयोजना ३० वर्षपछि सरकारलाई हस्तान्तरण गर्नु नपर्ने हुँदा ९९८ मेगावाटको कुथेलीको प्रवद्र्धक कम्पनीलाई अनुमति दिने वा नदिने भन्ने अन्यौल छ ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit