विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं बझाङको कालंगा खोलामा निर्माणाधीन कालंगागाड जलविद्युत आयोजनाको  १५.३३ मेगावाट विद्युत आगामी साउनदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिने भएकाे छ । ९८ प्रतिशत निर्माण सम्पन्न भएकाे आयाेजनाकाे विद्युत लक्ष्यभन्दा १ वर्ष ढिलाे गरी प्रणालीमा जाेडिन लागेकाे हाे ।

कालंगा हाइड्रो इनर्जीले निर्माण गरिरहेकाे आयाेजनाकाे सबै संरचनाकाे काम सम्पन्न गरेर साउनदेखि परीक्षण उत्पादन सुरु गर्ने तयारी भइरहेकाे छ । अहिलेसम्म सबै सिभिल संरचनाकाे निर्माण पूरा भएकाे आयाेजना संयाेजक सुनिल रेग्मीले बताए ।

बाँध क्षेत्रमा सबै संरचनाकाे काम  सम्पन्न भइसकेकाे छ ’ उनले ऊर्जा खबरसँग भने, ‘ पेनस्टक पाइप  राख्ने काम अब ४५ मिटर जति मात्रै  बाँकी । याे काम सम्पन्न गर्न अब एक महिना जति लाग्न सक्छ । ’ उनले  विद्युतगृहको संरचना तयार भइ इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम समेत सम्पन्न भइसकेकाे बताए । 

आयोजनाको बाँकी काम असारभित्र सम्पन्न गरी साउनको पहिलो साताबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको आयोजनाबाट उत्पादित विद्युत ३७ किलोमिटर दुरीमा रहेको बलाँच सबस्टेसनमा जोडिनेछ सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको

गत वर्ष कोरोना (कोभिड१९) महामारी राेकथामका लागि गरिएकाे निशेधाज्ञा र लकडाउनकाे असरले उपकरण आयात प्रभावित हुँदा प्रसारण लाइनमा निर्माण प्रभावित हुन पुग्याे । याे वर्ष पनि निशेधाज्ञा लागेकाले पनि प्रसारण लाइनकाे काम प्रभावित भएकाे कम्पनीले जनाएकाे छ ।

निशेधाज्ञा खुकुलाे भई काम सुचारु गर्न सकेमा पछिल्लाे तालिका अनुसार नै विद्युत उत्पादन हुने कम्पनीकाे दाबी छ । यसअघि आयोजनाबाट गत साउनदेखि नै विद्युत उत्पादन गर्ने तालिका थियो कोरोना महामारीले आयोजनाको निर्माण ठप्प हुँदा विद्युत उत्पादन तालिका प्रभावित भएको हो

आयोजना सम्पन्न गर्न अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको अगुवाईमा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् बाँकी २५ प्रतिशत स्वपुँजी लगानी

कालंगा बेसिनमा कालंगागाडसहित ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड १०. मेगावाटको सानीगाड निर्माणाधीन छन् वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३