विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुुदुरपश्चिम प्रदेश भएर बग्ने सेती नदीको सहायक नदी बूढीगंगामा अघि बढेको २० मेगावाटको बूढीगंगा जलविद्युत आयोजनाको काम ३ वर्षभित्र पूरा हुने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभागले अघि बढाएको आयोजनाको काम सन् २०२५ भित्र पूरा हुने भएको हो ।

नेपालको दिगो आर्थिक वृद्धि हासिल गर्न, जलविद्युत विकासमा सार्वजनिक क्षेत्रको क्षमता वृद्धि गर्नका लागि अघि बढाइएको आयोजनाको ३२० रोपनी जग्गा अधिग्रहण भइसकेको विभागले जनाएको छ । आयोजनाको बाँधस्थल, विद्युतगृह, क्याम्प साईट, बूढीगंगा सबस्टेसन तथा कार्यालय भवनको लागि ३ जिल्लाको जग्गा अधिग्रहणको काम सकिएको छ ।

अछाप जिल्लाको २५० रोपनी, बाजुराको २० र डोटीको ५० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । प्रसारण लाइन टावरको लागि आगामी आर्थिक वर्षमा जग्गा अधिग्रहण गरिने विभागले जनाएको छ ।

आयोजनाको लागि साइट कार्यालय भवन, आवास गृहहरू तथा आवश्यक क्याम्प फ्यासिलिटीजको निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै, विद्युतगृह, बाधस्थल, सर्ज ट्याङसम्म पुग्ने पहुँचमार्ग तथा सोका लागि आवश्यक पुल निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

विस्तृत इन्जिनियरीङ अध्ययन तथा डिजाइन साथै विद्युत उत्पादनको वातावरणीय प्रभाव मूल्याङकन अध्ययन कार्य सम्पन्न भएको छ । आयोजनाको लागि लट नम्बर १ सिभिल तथा हाइड्रो मेकानिकल, लट नम्बर २ को इलेक्ट्रोमेकानिकल तथा लट नम्बर ३ को प्रसारण लाइनको लागि छुट्टाछुट्टै प्याकेजमा निर्माण गर्ने गरी बहुवर्षिय ठेक्का गरिनेछ ।

आयोजना सम्पन्न गर्न १०.३३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको विस्तृत अध्ययन गरी यसको कार्यान्वयन संयुक्त लगानीमा गर्न नेपाल सरकार र कुबेती फण्ड फर अरब इकोनोमिक डेभलपमेन्ट बीच सन् २०१२ तथा साउदी विकास कोषबीच सन् २०१४ मा ऋण सम्झौता भएको थियो ।

आयोजना निर्माण सकिएपछि उत्पादन भएको विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ८१.७० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit