विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको ४९ प्रतिशत पूरा भएको छ । सानिमा हाइड्रो समूहले निर्माण गरिरहेको आयोजनाको करिब आधा काम सकिएको हो ।

अहिले बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको आयोजनाका संयोजक मणिराज पोखरेलले बताए । उनका अनुसार बाँध क्षेत्रमा संरचना निर्माणको काम करिब ७० प्रतिशत पूरा भइसकेकाे छ ।

‘आयोजनाको बाँध क्षेत्रमा धेरै काम भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘गेट, पालुवा थिग्राउने पोखरीलगायत संरचना निर्माण भइरहेका छन् ।’ उनले आयोजनाको ३ वटा भूमिगत बालुवा थिग्राउने पोखरीमा करिब १५ प्रतिशत काम सकिएको बताए ।

यस्तै, आयोजनाको ३.४ किलोमिटर लामो मुख्य सुरुङ पनि २ किलोमिटरभन्दा बढी खनेर सकिएको छ । विद्युतगृह निर्माणका लागि जग खन्न सुरु गरिएको उनले जानकारी दिए ।

आयोजनाको सिभिल संरचना निर्माणको काम चिनको चच्याङ फष्ट हाइड्रो कम्पनीले गरिरहेको छ । हाइड्रोमेकानिकलतर्फको नेपालकै माछापुच्छ्रे मेटल कम्पनी र इलेक्ट्रोमेकानिकलतर्फको काम चिनको इलेक्ट्रो सिडब्ल्यूटिडब्ल्यूले गर्दैछन् ।

अहिले सिभिल ठेकेदार कम्पनीका कामदार तथा प्राविधिक कोरोना (कोभिड–१९) को भ्याक्सिन लगाउन चीन गएकाले कामको गति केही सुस्त रहेको पोखरेलले बताए । उनले भ्याक्सिन लगाउन चीन गएका कामदार तथा प्राविधिक फर्किएपछि निर्माणलाई फेरि गति दिइने बताए ।

यो आयोजनाबाट २०७९ पुसदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । २ वर्षमा आधा काम सकिएकाले बाँकी समयमा निर्माण पूरा गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिने उनले बताए ।

सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले यो आयोजना निर्माण गरिरहेको छ । आयोजना सम्पन्न गर्न करिब १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । सुरुमा १२ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि कोरोना (कोभिड–१९) महामारीका कारण आयोजनाको लागत केही बढेर १३ अर्ब पुग्ने देखिएको हो ।

आयोजनामा नेपाल इनभेष्टमेन्ट, कृषि विकास, लक्ष्मी, सिदार्थलगायत ८ बैंकले ९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म आवश्यक ९ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ । सानिमा समूहले मध्यतमोरसँगै अहिले २८.१ मेगावाटको तल्लो लिखु र १४.३ मेगावाटको माथिल्लो मैलुङ आयोजना पनि निर्माण गरिरहेको छ ।

यसअघि निर्माण सम्पन्न भएका २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माई क्यासकेड आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit