images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ३० वर्ष पूरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ । यही अवसर पारेर कम्पनीले हेटौंडास्थित आफ्नो ट्रान्सफर्मर फ्याक्ट्रीमा विविध कार्यक्रम गरी ३१औं वार्षिकोत्सव मनाएको छ ।

आफ्नाे व्यवसायिक दाैरानमा निकले ट्रान्सफर्मर उत्पादनका बहुआयामलाई समेट्दै आएकाे यसका प्रबन्ध निर्देशक कुशकुमार जाेशीले बताए । 'हामीले फ्रान्सकाे इलेक्ट्रिकल जेन्ट कम्पनीसँगकाे सहकार्यमा नेपाल र भुटानकाे बजारलाई लक्षित गरी पिएसएस युनिट (प्याकेज सबस्टेसन) सार्वजनिक गर्दैछाैं,' उनले मंगलबार ऊर्जा खबरसँग भने, 'याे पूर्णतः वितरण ट्रान्सफर्मरकाे सुरक्षाका लागि अति नै उपयाेगी हुन्छ, भूमिगत वितरण लाइन र विद्युत खपत गर्ने ठूला ग्राहकहरू यसबाट लाभान्वित हुनेछन् ।'

निकले झण्डै तीन दशकदेखि ट्रान्सफर्मर उत्पादन, ढुवानी र अन्तर्राष्ट्रियस्तरमा व्यापारसमेत गर्दै आएको छ । यसले १० एमभिएदेखि १३२ केभी क्षमतासम्मका वितरण ट्रान्सफर्मर उत्पादन गर्ने गरेको छ । यसैगरी, विद्युत वितरण, साना तथा ठूला जलविद्युत आयोजना, अस्पताल, सपिङ कम्प्लेक्स तथा उद्योगहरूका लागि ट्रान्सफर्मर उत्पादन तथा मर्मत संभार गर्दै आएको छ ।

नेपालमा ट्रान्सफर्मर उत्पादन गरी भुटान, बंगलादेश जस्ता देशमा निर्यातसमेत गर्दै आएको निकले पछिल्लो समय नयाँ–नयाँ प्रविधिमा आधारित वातावरणमैत्री र स्वच्छ हरित ऊर्जा आपूर्तिमा योगदान पुर्याउने खालका ट्रान्सफर्मर उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । हरित ऊर्जा विकासको विश्व अभियानमा योगदान पुर्याउन सकिने उद्देश्यका साथ निकले यो विषयलाई अवलम्बन गर्न थालेको छ ।

निकले ट्रान्सफर्मर उत्पादन र मर्मत सम्भारका लागि परिवर्तनशील प्रविधि र स्तरोन्नतिसँग तालमेल मिलाउन कर्मचारीहरूलाई समय–समयमा विभिन्न तालिमसमेत दिने गरेको छ । स्थानीय र विदेशी विशेषज्ञहरूबाट आधुनिक र प्राविधिक स्वरवृद्धिका लागि कर्मचारीहरूलाई तालिम दिने साथै तालिमका लागि विदेशसमेत पठाउने गरेको छ ।

वितरण ट्रान्सफर्मर उत्पादन गर्ने उद्देश्यले सन् १९९० मा निकको स्थापना भएको थियो । थाइल्याण्डको ट्रान्सफर्मर उत्पादन तथा वितरण कम्पनी र नेपाल ट्रान्सफर्मरको बजारमा व्यापक विशेषता र अनुभव भएको नेपाली युवा उद्यमीहरूको संयुक्त लगानीमा स्थापना भएको कम्पनीले सन् १९९२ अगस्टमा पहिलो उत्पादन गरेको थियो ।

फ्याक्ट्री

कम्पनीको ट्रान्सफर्मर उत्पादन फ्याक्ट्री (कारखाना) हेटौंडामा रहेको छ । केही अत्यावश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी ट्रान्सफर्मर उत्पादन गरेर स्वदेश तथा विदेशमा व्यापार व्यवसाय गर्दै आएको निकले ट्रान्सफर्मरमा देशलाई आत्मनिर्भर बनाउने भरभग्दुर प्रयास गरिरहेको छ ।

फ्याक्ट्रीको ट्रान्सफर्मर उत्पादन क्षमता मासिक १०० केभीका ५०० युनिट रहेको छ भने ट्रान्सफर्मर उत्पादन गर्नुका साथै विद्युतीय उपकरण विद्युत आपूर्ति गर्दा भोल्टेज कायम राख्ने स्टेप्लाइजरहरू समेत उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

२५ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा

सन् १९९८ देखि अमेरिकी प्रविधिमार्फत अमोर्फस मेटल ट्रान्सफर्मर उत्पादन गर्न थालेको थियो । त्यसपछि निकद्वारा उत्पादित ट्रान्सफर्मर अन्य अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनसँग पनि प्रतिस्पर्धी हुन थालेका छन् । निकले देशको समग्र ट्रान्सफर्मरको माग पूरा गर्दै केही हदसम्म पुँजी पलाएनलाई समेत रोकेको छ ।

सन् २००२ देखि भुटानमा ट्रान्सफर्मर निर्यात गर्न थालेको निकले पहिलो पटक त्यहाँ २ वटा ट्रान्सफर्मर निर्यात गरेको थियो । विश्वव्यापी कोरोना महामारी (कोभिड–१९) का कारण निर्यात रोकिए पनि सन् २०२२ नोभेम्बर १८ देखि पुनः निर्यात सुरु गरेको थियो ।

कोरोना महामारीको अन्त्यसँगै विद्युतीकरणको काममा तिव्रता आएपछि भुटान पावर कर्पोरेशन लिमिटेड (बिपिसी) ले ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो । त्यसमा भारतलगायतका विभिन्न देशलाई पछि पार्दै निक बोलपत्रमा छनोट भएको थियो । ठेक्का सम्झौता अनुसार निकले १५ केभिएदेखि १२५० केभिए क्षमतासम्मका १६० ट्रान्सफर्मरको निर्यात गर्नुपर्नेछ । निकले भुटान, बंगलादेश सहितका देशमा ट्रान्सफर्मर निर्यात गर्दै आएको छ ।

उत्पादनहरू

वार्षिक १८ हजार ट्रान्सफर्मर उत्पादनकाे क्षमता रहेकाेमा कम्पनीले अहिले जापान, स्विजरल्याण्ड, मलेसिया, टर्की, भारतलगायतका देशबाट कच्चा पदार्थ आयात गरी वार्षिक १० हजार थान उत्पादनकाे  गर्दै आएको छ । निकले वितरण ट्रान्फर्मर, अर्मोफेस मेटल कोरको प्रयोगद्वारा उत्पादित कम हानी ट्रान्सफर्मर, कम भोल्टेज ड्राइ ट्रान्सफर्मर, फर्नेस ट्रान्सफर्मर, वेल्डिङ ट्रान्सफर्मर, सोलार ट्रान्सफर्मर, प्याकेज सबस्टेसन ट्रान्सफर्मर, आत्मसुरक्षाका साथ सीएसपी ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ ।

ट्रान्सफर्मर उत्पादनका लागि कच्चा पदार्थ आयात गर्दा विज्ञहरूमार्फत सावधानीपूर्वक छनोट, निरीक्षण र परीक्षण गर्ने गरेको छ । कोर बिछ्याउने, कुण्डल घुमाउने, ट्याङ्की निर्माण र एसेम्बलीदेखि प्रत्येक चरणलाई विशेषज्ञहरूद्वारा सावधानीपूर्वक अनुगमन गर्ने गरेको निकले जानकारी दिएको छ । गुणस्तरको लागि र अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार नवीनतम उपकरणहरूद्वारा परीक्षण गर्ने गरेको छ ।

सिएसआर

निकले आफ्नो सहकारी सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत विद्यालय, लघुजलविद्युत, बसपार्क लगायत निर्माण गर्न आर्थिक तथा प्राविधिक सहयोगलगायत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कम्पनीले औद्योगिक सम्बन्ध कायम राख्न उद्योगका कर्मचारीहरूका लागि कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रतियोगिताका ‘निक ट्रफी’ आयोजना गर्ने गरेको छ । कम्पनीले राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता समेत आयोजना गर्ने योजना बनाएको छ ।

यसैबीच कम्पनीले धादिङ जिल्लामा एउटा लघुजलविद्युत आयोजनालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त क्षेत्रका चेपाङ समुदायका करिब २०० परिवार लघु जलविद्युत आयोजनाबाट लाभान्वित भएका छन् ।

काठमाडौं विश्व विद्यालयमा टर्बाइन परीक्षण प्रयोगशालालाई ७५० केभिएको दुई वटा ट्रान्सफर्मर दिएको छ ।  यसैगरी, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय संघ, नेपाललाई ग्रामीण विद्युतीकरणका लागि २५ र ५० केभि र नेपाल दूरसञ्चार वायरलेस सेवा निर्देशनालयलाई २५ केभिएको दुई वटा ट्रान्सफर्मर प्रदान गरेको छ ।

यस्तै, निकले हेटौंडामा बसपार्क र मन्दिर पनि निर्माण गरेको छ । कम्पनीले माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई एलईडी टिभी प्रदान गर्ने, पुस्तकालय निर्माण गर्न सहयोग गर्दै आएको छ । यसैगरी, कोरोना महामारीको समयमा पनि कम्पनीले युरोपबाट अक्सिजन उत्पादन गर्ने प्लान्टहरू आयात गर्न, राष्ट्रिय तथा क्षेत्रिय अस्पतालहरूमा प्लान्टहरू स्थापना गर्न आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit