विद्युत अपडेट

  • प्राधिकरण : १०२१९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०११४ मे.वा.घन्टा
  • आयात : ६१४ मे.वा.घन्टा
  • निर्यात : ९०८६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४३८०६ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १९३९ मे.वा.
२०७९ असोज २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता उहिलेकाे खबर

काठमाडौं । देशमा विद्युत् उत्पादनको प्रमुख स्रोत जलस्रोत नै हो तर पछिल्ला वर्षहरूमा वैकल्पिक स्रोत (सोलार, वायु, बायोग्यास) को खोजी तथा अध्ययनका गतिविधि तीव्रताका साथ अगाडि बढाइएको छ । जसअनुसार हालसम्म जलविद्युत्, सोलार, वायु लगायत स्रोतबाट करिब ४३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गरिएको छ ।

विद्युत् विकास विभागको आँकडा अनुसार सरकार, निजी क्षेत्र तथा विभिन्न व्यक्तिले अहिलेसम्म ४३ हजार ४३३ मेगावाटका ८१३ आयोजना पहिचान गरेका छन् । यसमा निर्माण सम्पन्न भई सञ्चालनमा आएका आयोजनालाई गणना गरिएको छैन् ।

हालसम्म ४१ हजार ७२६ मेगावाटका ७२४ जलविद्युत् र १६८३ मेगावाटका ८७ सौर्य ऊर्जाका आयोजनाको पहिचान गरिएको छ । सरकारको मिश्रित ऊर्जा विकास प्रवद्र्धन गर्ने अवधारणाका कारण सौर्य आयोजना विकासमा पनि पर्याप्त अध्ययन र लगानी बढ्दै गएको छ । जलविद्युतको तुलनामा कम लागत र छोटो समयमै निर्माण सम्पन्न गर्न सकिने हुँदा यसतर्फ लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ ।

यसैगरी, वायुबाट ३ मेगावाटको एक, चिनी उद्योग (उखुको खोस्टा) बाट २१ मेगावाट विद्युत उत्पादन गर्न ३ आयोजना पहिचान गरिएको छ । पहिचान भएका मध्ये ८२३६ मेगावाटका २७० आयोजनाको उत्पादन अनुमतिपत्र जारी भएको छ । ती मध्ये पनि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएका ३१६६ मेगावाटका १४१ आयोजनाहरू निर्माणाधीन छन् ।

विभागका अनुसार ४३५६ मेगावाटका ५५ आयोजनाले उत्पादन अनुमतिपत्र लिन आवेदन दिएका छन् । यस्तै, पहिचान भएका १६६०७ मेगावाट बराबरका २३८ आयोजना अनुमतिपत्र लिएर अध्ययन भइरहेका र ११०९ मेगावाट ४६ आयोजनाले अध्ययन अनुमतिपत्र लिन आवेदन दिएका छन् । बाँकी, १३१२६ मेगावाटका २०४ जलविद्युत् आयोजना सरकारी बास्केटमा छन् ।

ऊर्जा उद्यमीले जिम्मा लिएर काम नगरेका, काम गर्न नचाहेका र विगतदेखि अनुमतिपत्र दिएर प्रगति नदेखिएका ती आयोजना सरकारको बास्केटमा राखिएको विभाग आयोजना अध्ययन महाशाखाका उपसचिव आशिष श्रेष्ठले बताए ।

उत्पादन अनुमतिपत्र

उत्पादन अनुमतिपत्र पाउनेमा २४६ जलविद्युत् आयोजनाहरूको क्षमता ८०९२ मेगावाट छ । जसमा १ भन्दा कम क्षमताका २४ आयोजनाहरू (१९ मेगावाट) ले विद्युत उत्पादन गर्न निर्माण अुनमति पाएका छन् । १ मेगावाटभन्दा बढी क्षमताका २२१ आयोजनाहरूको क्षमता ७१७७ मेगावाट छ । उता, लगानी बोर्डले ९०० मेगावाटको अरुण–३ निर्माण गरिरहेको छ ।

यसैगरी, १३८ मेगावाट क्षमताका २२ सौर्य आयोजनाहरूले उत्पादन अनुमतिपत्र पाएका छन् । उखुको खोस्टाबाट विद्युत उत्पादन गर्न अनुमतिपत्र पाएका ६ मेगावाटका २ आयोजना छन् ।

अध्ययन अनुमतिपत्र

अध्ययन अनुमतिपत्र पाएकामा १५४८७ मेगावाटका २०२ जलविद्युत् आयोजनाहरू आयोजना छन् । जसमा १ मेगावाटभन्दा कम क्षमताका १५ आयोजना (११ मेगावाट) तथा एकभन्दा बढी क्षमताका १८५ आयोजना (१४३७६ मेगावाट) छन् । लगानी बोर्डसँग २ आयोजना (११०० मेगावाट) छन् । यस्तै, ११०८ मेगावाटका ३४ सौर्य, ३ तथा १५ मेगावाटका वायु र उखुको खोस्टाबाट विद्युत् उत्पादन गर्ने आयोजनाले अध्ययन अनुमतिपत्र लिएका छन् ।

उत्पादन अनुमतिपत्र (आवेदन)

५५ विद्युत आयोजनाहरूले निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । आवेदन दिएका आयोजनाहरूको कुल क्षमता ४९५५.६२५ मेगावाट रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार ५२ जलविद्युत र ३ सौर्य आयोजनाले अध्ययन पूरा भई निर्माण अनुमतिका लागि आवेदन दिएका हुन् । नेपाल इन्भेसमेन्ट बोर्डको ६ मेगावाटको एक आयोजना छ । जलविद्युतबाट ४९४० मेगावाट विद्युत हुनेछ । यस्तै, सौर्यबाट १५ मेगावाट विद्युत उत्पादन हुनेछ ।

अध्ययन अनुमतिपत्र (आवेदन)

जलजिद्युत आयोजना र सौर्य ऊर्जाबाट विद्युत उत्पादन गर्न ४६ आयोजनाले अध्ययन अनुमतिका लागि विभागमा आवेदन पेश गरेका छन् । जसमा १८ जलविद्युत र २८ सौर्य आयोजना रहेका छन् ।

१ मेगावाटका भन्दा कम क्षमताको १ जलविद्युत आयोजनाले ०.९५१ मेगावाट विद्युत उत्पादन गर्न अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । यस्तै, १ मेगावाट भन्दा बढी क्षमता १७ जलविद्युत आयोजनाले ६७९.२१ मेगावाट विद्युत उत्पादन गर्न अध्ययन अनुमतिका लागि आवेदन दिएका छन् ।

विभागमा २८ सौर्य आयाजनाले पनि अध्ययन अनुमतिका लागि आवेदन दिएका छन् । यी सौर्य आयोजनाको क्षमता ४२९ मेगावाट रहेको छ ।

लगानी बोर्ड

बोर्डले २६०० मेगावाटका ४ जलविद्युत आयोजना अघि बढाएको छ । जसमा ९०० मेगावाटको अरुण–३ निर्माणाधीन छ । यो आयोजना सतलुज जलविद्युत् निगम लिमिटेडले २०७५ बैशाख २० गते निर्माण अनुमतिपत्र लिएको थियो ।

क्र.सं.   आयोजना   क्षमता (मे.वा.)  कैफियत
अरुण–३   ९०० निर्माणाधीन
माथिल्लो कर्णाली   ९०० अध्ययनरत
तमोर जलाशय* २०० अध्ययनरत
  माथिल्लो मस्र्याङ्दी–२**  ६०० अध्ययनरत

स्राेत ः विद्युत् विकास विभाग

*८ एचआइडिसिएलले ७५६ मेगावाट क्षमतामा अनुमतिपत्र लिएर चिनियाँ कम्पनीसँगको सहकार्यमा अध्ययन गरिरहेको ।

**८८ बुटवल पावर कम्पनीले चिनियाँ कम्पनीसँगको सहकार्यमा अध्ययन गरिरहेको, जसको उपयुक्ततम अध्ययन गरी ३०० मेगावाट कायम गरिएको छ ।

सरकारी बास्केट

अनुमति प्रदान गरिएका आयोजनाहरूको उत्पादन क्षमता, लागत र प्राविधिक अवस्थाका आधारमा निर्धारण गरिएको समयभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । निर्धारित समयमा सम्पन्न नभए ती आयोजनाहरू खारेज गरी बास्केटमा राखिन्छ ।

सरकारको बास्केटमा १३१२६ मेगावाट बराबरका २०४ जलविद्युत् आयोजना छन् । बास्केटमा भएका मध्ये ६८ मेगावाटका २ आयोजना निर्माणाधीन र १२९ मेगावाटका ११ आयोजनाको अध्ययन सकिएको छ । यस्तै, अध्ययन अनुमतिपत्र रद्द भएका १४७ आयोजना (२७६७ मेगावाट) छन् भने ३५ आयोजनाहरू (८८५९ मेगावाट) अध्ययनरत छन् ।

१२०० मेगावाटको बूढीगण्डकी जलाशय सरकार आफैंले निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।

अहिलेसम्म करिब ३ मेगावाटका ३ आयोजना स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । बास्केटमा रहेका १६९ मेगावाटका ५ आयोजना प्रतिस्पर्धाबाट निर्माण गर्न प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

(याे फिचर समाचार ऊर्जा खबर २०७९ असार अंककाे अर्धवार्षिक पत्रिकाबाट साभार गरिएकाे हाे ।)

प्रतिक्रिया दिनुहोस

© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit