images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६५औं शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ ।  बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको हो । 

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल तथा प्रमुख अतिथी पूर्व वडा अध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितीमा शाखा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने लक्ष्य रहेको बताए । ‘बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुसीको क्षण हो,’ उनले भने ।

प्रमुख अतिथी शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।

यसैगरी, बैंकका सिईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ,’ ढुंगानाले भने ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकको देशभर २६५ शाखा सञ्जालसहित ३०६ एटिएम मेसिनबाट सेवा दिँदै आएको छ । बैंकको हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit