विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि करिब २१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक १६ गते सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता समेत थपेर सर्वसाधारणका लागि २० लाख ७५ हजार २ सय ८५ कित्ता सेयर निष्कासन हुने भएको हो ।

सर्वसाधारणले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ  ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit