काठमाडौँ । युनिभर्सल पावर कम्पनी लिमिटेडले ९ प्रतिशतका दरले बोनस सेयर र शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय अनुसार कम्पनीले हाल चुक्ता पुँजीको ९ प्रतिशत (करबाहेक) बोनश सेयर जारी गर्ने र बोनस सेयर जारी गरिसकेपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
सञ्चालक समितिले उक्त निर्णय असोज २३ गते हुने साधारण सभामा पेश गरी पारित गराउने जनाएको छ । यसका लािग असोज ८ गते एक दिन कम्पनीको सेयर दर्ता किता बन्द (बुक क्लोज) गर्ने निर्णय समेत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८०, ८०/८१ र २०८१/८२ को साधारणसभा गर्न लागेको हो ।
कम्पनीले सोलुखुम्बु जिल्लामा २४.२२ मेगावाटको माथिल्लो इंखु खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।