विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अरूण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन १७ गतेदेखि आफ्नो सेयरधनी सदस्यका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज (चैत ७ गते) साँझबाट सकिन लागेको हो ।

कम्पनीले सेयरधनी सदस्यका लागि १ः१ को अनुपातमा हुन आउने चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकितका दरले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न म्ुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले ताप्लेजुङ र पाँचथर भएर बग्ने काबेली खोलामा ९.९४ मेगावाटको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरीसकेको छ । आयोजनाले २०७८ चैत १२ गतेदेखि व्यवसायिक विद्यु्त उत्पादन सुरु गरेको हो ।

आयोजनाको विद्युत्‌गृह र बाँध क्षेत्रमा गत असारमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो । विद्युत्‌गृह र बाँधमा क्षति पुगेपछि विगत ९ महिनादेखि बन्द भएको विद्युत्‌केन्द्रको मर्मत सम्भारपछि फागुन अन्तिम सातादेखि उत्पादन सुरु गरेको हो । आयोजना बन्द हुँदा करिब ९ महिनाको अवधिमा १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit