विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा निर्माण भएको २५ मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजनामा लगानी गर्न आयोजना प्रभावित क्षेत्रका बासिन्दाको उत्साहजनक सहभागिता रहेको छ । आकर्षक आयोजना भएको हुँदा स्थानीयले मन फुकाएर सेयर किन्न लगानी गरेका हुन् ।

आयोजना प्रवर्द्धक सिंगटी हाइड्रो इनर्जीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४.५० करोड रुपैयाँ बराबरको १४.५० लाख कित्ता सेयर निष्कासन गरेको थियो । सेयर बिक्री बन्द हुने दिनसम्म १७.५० करोड रुपैयाँको सेयर किन्न आवेदन परेको कम्पनीका अध्यक्ष बटु लामिछानेले बताए ।

‘निजी क्षेत्रले निर्माण गरेका आयोजनामा स्थानीयले यसरी उत्साहजनक सहभागिता जनाएको सम्भवतः यो पहिलो आयोजना हो,’ उनले ऊर्जा खबरसँग भने, ‘कति आयोजनामा स्थानीयका लागि छुट्ट्याएको सेयर बिक्री नभएर सर्वसाधारणलाई बाँड्ने गरिएको छ तर सिंगटीमा यस्तो रेकर्ड तोडिएको छ ।’

आयोजना प्रभावित कालिञ्चोक र बिगू गाउँपालिकाका लागि निष्कासन गरिएको सेयर पहिलो पटकको सूचनामा बिक्री नभएपछि १५ दिन समय थपिएको थियो । पछिल्लो पटक थपिएको समय फागुन २ गते सकिएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले स्थानीयका लागि सिंगटी बजार, बाबरे लगायत आयोजनास्थलमै सेयर भर्ने व्यवस्था गरेको थियो ।

सिंगटी बजारका बासिन्दाले मात्र कम्पनीको सेयर किन्न करिब ४ करोड रुपैयाँ लगानी गरेका छन् । सिंगटी खोलाको निर्माण गत साउनमै पूरा भएको थियो । तर, सिंगटी–लामोसाँधु १३२ केभी प्रसारण लाइन पूरा नहुँदा आयोजनाको बिजुली जोडिन सकेको छैन । यही कारण अहिलेसम्म आयोजनाले करिब ५६ करोड रुपैयाँ आम्दानी गुमाएको कम्पनीले जनाएको छ ।

यस्तो छ सेयर

कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात १४ लाख ५० हजार कित्ता सेयर स्थानीयका लागि जारी गरिएको थियाे । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म खरिद गर्न पाउने व्यवस्था अर्थात् पैसा थोरै हुनेले एक हजार र बढी हुनेले २ करोडसम्म लगानी गर्न पाउने व्यवस्था थियाे ।

वर्तमान समय सेयर बजार बुलिसतिर गइरहेको बेला सार्वजनिक निष्कासनमा १० कित्ता सेयर लिन पनि चिट्ठा तान्नुपर्ने अवस्थामा आयोजना प्रभावितका लागि यो ठूलो अवसर थियाे । पूरा भइसकेको आयोजना भएकाले प्राधिकरणले प्रसारण लाइन तयार गर्ना साथ विद्युत् उत्पादन हुन्छ । उत्पादन भएको मितिदेखि आयोजनाले कमाउन थाल्छ । अरू आयोजनामा जस्तो यसमा बोनस लिन पनि पर्खनुपर्ने अवस्था छैन ।

कम्पनीको जारी पुँजी १ अर्ब ४५ करोड छ । स्थानीयलाई १० प्रतिशत सेयर जारी गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि २० प्रतिशत अर्थात २९ लाख कित्ता सेयर जारी हुन्छ । कम्पनीको प्रक्षेपित विवरणअुनसार चालू आर्थिक वर्षदेखि नै नाफा कमाउने देखिन्छ । चालू आर्थिक वर्षमा नै प्रतिसेयर आम्दानी ८.०३ रुपैयाँ, अर्को वर्ष अर्थात् २०७८/७९ मा ९.१६ रुपैयाँ, २०७९/८० मा ११.२२ रुपैयाँ र २०८०/८१ मा १३.४८ रुपैयाँ हुने अनुमान छ ।

आयोजनाको अनुमति पत्र ३० वर्ष रहेको छ । आयोजनामा गरेको लगानी १४.४ वर्षमा फिर्ता भइसक्ने अनुमान छ । आयोजना पूरा हुँदासम्म ५ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान भएको छ । जुन पूर्व निर्धारित लागतभन्दा ६० करोड रुपैयाँभन्दा बढी हो ।

प्रसारण लाइन समयमा नबन्दा, कोभिड–१९ को महामारी लगायतले आयोजनाको समय लम्बिँदा लागत बढ्न भएको आयोजना व्यवस्थापन पक्षले बताएको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड पर्न जान्छ । जुन अहिलेको समयमा सामान्य मानिन्छ ।

आयोजनाको प्राधिकरणसँगको स्थिर पिपिए र सबस्टेसन छेउमै भएका कारण उत्पादित विद्युत् खेर नजाने हुँदा पनि विद्युत उत्पादनबाट प्राप्त हुने आम्दानी पनि प्रक्षेपितअनुसार नै हुने देखिन्छ । २०७३ मा ३ वर्षमा पूरा गर्ने गरी सुरु भएको आयोजना प्रसारण लाइन र महामारीले एक वर्ष ढिला भएको छ । तर, यति ठूलो आयोजना छोटो समयमा पूरा भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit