विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन सोमबार (चैत ६ गते) उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) का आवासीय प्रतिनिधि प्रमुख आर्नो कुश्वाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत उक्त सबस्टेसन निर्माण गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

उद्घाटनका क्रममा कार्यकारी निर्देशक घिसिङले सबै नेपालीको घरमा विद्युत् पुर्याउने सरकारको लक्ष्य पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको काम भइरहेको बताए । यही अभियान अन्तर्गत सबस्टेसनको निर्माण गरिएको पनि उनले बताए । विद्युतीकरणमा एडिबीको ठूलो सहयोग रहेको उनको भनाइ थियो ।

नेपालले पछिल्लो एक दशकमा विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै कुश्वाले भने, ‘विश्वको विद्युत् पहुँचको वार्षिक वृद्धिदर औसत ०.८ प्रतिशत रहेकोमा नेपालको ४.३ प्रतिशत रहेका छ ।’

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन तथा सबस्टेसन दुवै सञ्चालनमा ल्याइएको जनाइएको छ ।

आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दिपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये ११३० मिटर प्रसारण लाइन भूमिगत गरिएको छ ।

तनहुँ जलविद्युतको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँमा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउने उद्देश्यले सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको छ । आयोजना अन्तर्गतकै शुक्लागण्डकी नगरपालिका–५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३÷११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा छन् ।

प्राधिकरणका अनुसार सराङघाट सबस्टेसनमा ६÷८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीयरूपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ भने एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन् । कार्यक्रममा आयोजना प्रमुख बोधराज ढकालले तनहुँ सारभूतरूपमा पूर्ण विद्युतीकरण भएको जिल्लामा परिणत भएको बताए ।

दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग÷वाइबा इन्फ्राटेक जेभीसँग २०७५ सालको मंसिरमा ठेक्का सम्झौता भएको थियो । करिब ८० लाख अमेरिकी डलर  अनुमानित लागत रहेको आयोजना सरकार तथा प्राधिकरणको लगानी र एडिबीको सहुलित ऋणमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाबाट २२० किलोमिटर फिडर लाइन र ३५० किलोमिटर वितरण लाइन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit