विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १०६१ मेगावाटको माथिल्लो अरुण खोला जलविद्युत आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सरोकारवालासँग राय/सुझाव माग गरेको छ । कम्पनीले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो ।

सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित राय/सुझाव माग गरिएको छ ।

स्थानीयले आगामी एक साताभित्र कम्पनीको कार्यालय वा परामर्शदाता इनभाइरोमेन्टल रिसोर्सेज म्यानेजमेन्टको कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्नेछ ।अहिले आयोजनाको वातावारणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।

आयोजना जिल्लाको भोटखोला गाउँपालिकामा निर्माण हुनेछ । अरुण नदीमा एक सय मिटर अग्लो बाँध बाँधी उक्त पानीलाई सुरुङको माध्यमबाट भोटखोला गाउँपालिकाको वडा नम्बर ४ मा प्रस्तावित विद्युतगृहमा खसाली विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक औसत ४५३१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ३८ करोड अमेरिकी डलर (करिब १ खर्ब ६१ अर्ब रुपैयाँ)  लागत अनुमान गरिएको छ । कूल लागतको ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानीमा आयोजना निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit