विद्युत अपडेट

  • प्राधिकरण : ७९०३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ९०५७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २५६३९ मे.वा.घन्टा
  • आयात : ५५२ मे.वा.घन्टा
  • निर्यात : ४७६२ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४३३०१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२६९ मे.वा.
२०८२ पुस १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गुल्मी हाइड्रो प्रालिले म्याग्दीमा १.८६ मेगावाटको तल्लो रुप्से खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । यसका लागि उत्पादन अनुमतिपत्रको माग गर्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिई प्रक्रिया अघि बढाएको छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ भएर बग्ने रुप्से खोलाको पानीलाई सदुपयोग गर्दै आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको डिजाइन बहाब १.८६ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड १२६ मिटर रहने छ । खोलाको पानी विद्युत्‌गृहसम्म लैजान रुप्से खोलामा १६ मिटर लम्बाइ र २.४ मिटर उचाइको बाँध निर्माण गरिने आयोजनाले जनाएको छ । 

आयोजनाबाट वार्षिक औसत ११.८२ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत् करिब १.५ किलोमिटर लामो ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत दाना सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा  जोड्ने योजना छ । आयोजनाको निर्माण २०८५ साल साउनभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३