विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखु खोलामा निर्माणाधीन २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको सेयर आवेदन दिने आज अन्तिम दिन हो । गत जेठ २३ गतेदेखि प्रभावित स्थानीयबासीका लागि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो । 

श्वेत–गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले प्रवर्द्धन गरेको आयोजना प्रभावितका लागि छुट्ट्याइएको १०० रुपैयाँ अंकित १५ लाख ९३ हजार कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रवर्द्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

सेयर खरिद गर्न आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । आयोजना प्रभावित क्षेत्रलाई प्राथमिकताका आधारमा ३ चरणमा छुट्ट्याइएको छ । एक नम्बरमा रामेछापको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ तथा ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ४ देखि ९ सम्म तोकिएको छ ।

लिखु तामाकोसी गाउँपालिका अन्तर्गत सैँपु, बिजुलीकोट तथा लिखु गाउँपालिकाका यसम, गाम्नाङटार, टारकेराबारी र पोकली क्षेत्रहरू पहिलो नम्बरमा परेका छन् ।

यसैगरी, दोस्रो प्राथमिकतामा रामेछापको लिखु तामाकोसी गाउँपालिकाको ५ नम्बर वडा (नागदह), ६ नम्बर वडा (खिम्ती), ७ नम्बर वडा (तिल्पुङ) र मन्थली नगरपालिकाका वडाहरू ११ को गेलु, १२ को गेलु, १३ को फुलासी तथा रामेछाप नगरपालिकाका वडाहरू १ (गोठगाउँ) र ३ (साँघुटार) परेका छन् ।

तेस्रो प्राथमिकतामा रामेछापको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर १ (दुरागाउँ) र ओखलढुंगाको लिखु  गाउँपालिकाको वडा नम्बर १ (सिंहदेवी), २ को साविक सिंहदेवी र ३ नम्बर वडाको साविक नर्मदेश्वर परेका छन् ।

पहिलो प्राथमिकतामा परेका क्षेत्रहरूलाई ११ लाख १५ हजार १०० कित्ता सेयर निष्कासन तथा बिक्री गरिनेछ । यस्तै, दोस्रो प्राथमिकताका क्षेत्रलाई ३ लाख ९८ हजार २५० कित्ता र तेस्रो प्राथमिकताका क्षेत्रलाई ७९ हजार ६५० कित्ता सेयर बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

स्थानीयले ओखलढुंगाको नेपाल एसबिआई बैंक लिमिटेड लिखु शाखा, सांग्रिला विकास बैंक लिमिटेड मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड धोबी (रामेछाप), आयोजनास्थल लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर २ फेदी र वडा नम्बर ४ रातमाटे (रामेछाप) स्थित प्रवद्र्धक कम्पनीको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार उल्लेखित संकलन केन्द्रका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूमा पनि आवेदन दिन सकिनेछ ।

तल्लो लिखुको निर्माण अहिले ९३ प्रतिशत पूरा भइसकेको र आगामी असोजसम्म व्यावसायिकरूपमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । कूल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ६७ लाख ६१ हजार ५०० रुपैयाँ अनुमान गरिएको छ ।

२०७२ साल चैत २८ गते कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र लिएको हुँदा उसले अबको २८ वर्ष १० महिना विद्युत उत्पादन गरी सञ्चालन गर्न पाउँछ । विद्युत आयोजनाको अनुमतिपत्र वितरण सम्बन्धी निर्देशिका अनुसार उत्पादन अनुमतिपत्रको अवधि ३५ वर्ष तोकिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit