विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत उत्पादन कम्पनीमा विभिन्न तहमा रोजगारी खुलेको छ । कम्पनी र सहायक कम्पनीको रिक्त रहेका विभिन्न पदमा  करार सेवाबाट पदपूर्ति गर्न रोजगारीको अवसर खुलाइएको हो ।

तह १० र तह ८ का लागि एक÷एक जना र तह ७ का लागि ७ जनाको रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १० तहका लागि प्रबन्धक सिभिल इन्जिनियर माग गरिएको छ । प्रबन्धकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नाकोत्तर गरी सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा ७ वर्षको कार्यनुभव भएको हुनुपर्नेछ ।

यस्तै, कम्पनीको सहायक कम्पनी नलगाड हाइड्रोपावर कम्पनीमा खटाउने गरी तह ८ का लागि एक जना सिनियर जियोलोजिष्ट माग गरेको छ । सिनियर जियोलोजिष्टका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट जियोलोजि वा जियोफिजिक्स विषयमा स्नाकोत्तर तह उतिर्ण गरी सम्बन्धित क्षेत्रको अधिकृत पदमा ४ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

७ तहका रिक्त पदपूर्ति गर्न ७ कर्मचारी मागेको छ । विद्युत उत्पादन कम्पनीकै लागि एक जना सिभिल र एक जना इलेक्ट्रिकल इन्जिनियर मागेको छ । सिभिल र इलेक्ट्रिक इन्जिनियरका लागि सम्बन्धित विषयमा स्नातक उतिर्ण गरेको हुनुपर्नेछ ।

यस्तै, सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनीमा खटाउने गरी हाइड्रोपावर इन्जिनियर, स्ट्रकचरल इन्जिनियर, कन्ट्रयाक्ट इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर र वातावारण अधिकृत पदमा एक÷एक जना कर्मचारी मागेको छ ।

योग्य इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले १५ दिन (आगामी साउन १९ गते) भित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो, नेपाल इन्जिनियरीङ परिषदमा दर्ता भएको प्रमाणपत्र र दरखास्त बुझाएको भौचरसहित आवेदन बुझाउनु पर्नेछ । आवेदकले कम्पनीको इमेल ठेगाना जच२खगअ।ियचन मा आवेदन बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit