images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिडेटको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।

कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख को ५ प्रतिशतले हुने अर्थात प्रति कित्ता सय रुपैयाँ अंकित २३ लाख ९८ हजार ५०० कित्ता सेयर मध्ये ५ प्रतिशतले हुन आउने अर्थात १ लाख १९ हजार ४ सय ७५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएकोे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार बाँकी रहेकाे २२ लाख ७० हजार २५ कित्ता  सेयर सर्वसाधारणाले आवेदन  दिन पाउँनेछन् ।

सर्वसाधारणले छिटोमा साउन ८ गते सम्म र ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउँनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निर्माणाधीन छ ।

तल्लो लिखुको निर्माण अहिले ९३ प्रतिशत भइसकेको र आगामी असोजमा व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । कुल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाटमा लागत २२ करोड ६७ लाख ६१ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit